arrow

अर्घाखाँची जीप दुर्घटना : मर्ने अधिकांश हंसपुरका, मृतक ११ को पहिचान खुल्यो (अपडेट)

logo
सुरज रायमाझी।
प्रकाशित २०७३ भदौ १२ आइतबार
Jip-accdent-newFNL-.jpeg
सन्धिखर्क । अर्घाखाँची जीप दुर्घटनामा परी मृत्यु हुने ११  जनाको सनाखत भएको छ । मुत्यु हुनेमा अधिकांश अर्घाखाँची हंसपुरका छन् ।
 
मृत्यु हुनेमा किमडाँडाका गाडी धनी नारायण बहादुर राना, गुल्मी पुर्कोदह–८ का ५९ वर्षीय भेषबहादुर थापा, प्युठान भनभने–१ का ५५ वर्षीय बुद्धिराम परियार, प्युठानक बाङगेमरोठ– ८ का ६८ वर्षीय सोमासिंह रोका मगर, अर्घाखाँची हंसपुर–४ का ४५ वर्षीय रामबहादुर घर्तीमगर, हंसपुरक–४ का मिनबहादुर केसी (रामु) , हंसपुर–१ का ३६ वर्षीय देवबहादुर थापा, सनपा– २ की सीता नेपाली  छन् । 
 
यस्तै, धारापानी–६ की ३६ वर्षीया कमला पौडेल, गुल्मी पुर्कोदह–४ का शिव कुँवर र  अर्घाखाँची हंसपुर–५ का हुमबहादुर घर्तीमगरकाे पनि सनाखत भएकाे प्रहरीले जनाएको छ । 
 
दरमुकाम सन्धिर्खक देखि १२ जना यात्रु लिएर हिडेको ग १ ज ४८७८ नम्बरको जीप अर्घाखाँची जिल्ला हंसपुर गाविस–५ चोरपाटामा दुर्घटना भएकाे हाे ।  
 
६ घाइते लाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको छ । गाडी उकालो चढ्ने ठाउँबाट दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप चालक गुल्मीका उत्तम श्रीस प्रहरी चौकी हंसपुरको नियन्त्रणमा रहेका प्रहरी जवान कुलचन्द्र पोख्रेलले जानकारी गराए । 
 
जीप सडकबाट करिब सात सय मिटर तल खसेको थियो । सन्धिर्खक जीप काउनटरबाट १२ जना यात्रु लिएर १ बजे प्यूठान बादीकोटका लागि छुटेको जीप दोउँसो ३ः४५ बजे दुर्घटनामा परेको देउराली यातायात व्यवसायी समितिले जानकारी दिएको छ । 
 
सन्धिखर्क बाट छुट्दा १२ जना यात्रु लिएर हिडे पनि बाटोमा अन्य यात्रुहरु पनि चढेकाले मृतक र घाइतेको संख्या बढी भएको इलाका प्रहरी कार्यालय हंसपुरले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ