सन्धिखर्क । अर्घाखाँची जीप दुर्घटनामा परी मृत्यु हुने ११ जनाको सनाखत भएको छ । मुत्यु हुनेमा अधिकांश अर्घाखाँची हंसपुरका छन् ।
मृत्यु हुनेमा किमडाँडाका गाडी धनी नारायण बहादुर राना, गुल्मी पुर्कोदह–८ का ५९ वर्षीय भेषबहादुर थापा, प्युठान भनभने–१ का ५५ वर्षीय बुद्धिराम परियार, प्युठानक बाङगेमरोठ– ८ का ६८ वर्षीय सोमासिंह रोका मगर, अर्घाखाँची हंसपुर–४ का ४५ वर्षीय रामबहादुर घर्तीमगर, हंसपुरक–४ का मिनबहादुर केसी (रामु) , हंसपुर–१ का ३६ वर्षीय देवबहादुर थापा, सनपा– २ की सीता नेपाली छन् ।
यस्तै, धारापानी–६ की ३६ वर्षीया कमला पौडेल, गुल्मी पुर्कोदह–४ का शिव कुँवर र अर्घाखाँची हंसपुर–५ का हुमबहादुर घर्तीमगरकाे पनि सनाखत भएकाे प्रहरीले जनाएको छ ।
दरमुकाम सन्धिर्खक देखि १२ जना यात्रु लिएर हिडेको ग १ ज ४८७८ नम्बरको जीप अर्घाखाँची जिल्ला हंसपुर गाविस–५ चोरपाटामा दुर्घटना भएकाे हाे ।
६ घाइते लाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको छ । गाडी उकालो चढ्ने ठाउँबाट दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप चालक गुल्मीका उत्तम श्रीस प्रहरी चौकी हंसपुरको नियन्त्रणमा रहेका प्रहरी जवान कुलचन्द्र पोख्रेलले जानकारी गराए ।
जीप सडकबाट करिब सात सय मिटर तल खसेको थियो । सन्धिर्खक जीप काउनटरबाट १२ जना यात्रु लिएर १ बजे प्यूठान बादीकोटका लागि छुटेको जीप दोउँसो ३ः४५ बजे दुर्घटनामा परेको देउराली यातायात व्यवसायी समितिले जानकारी दिएको छ ।
सन्धिखर्क बाट छुट्दा १२ जना यात्रु लिएर हिडे पनि बाटोमा अन्य यात्रुहरु पनि चढेकाले मृतक र घाइतेको संख्या बढी भएको इलाका प्रहरी कार्यालय हंसपुरले जानकारी दिएको छ ।