भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सभामुखको भूमिकामा प्रश्न खडा भएको बताएकाछन्।
एक साक्षतकार कार्यक्रम बोल्दै बिजुक्छेंले आफ्नो पदिय दायित्व भन्दा पनि राजनीतिक दलको कार्यकर्ताको भुमिकामा देखा पर्दा सहि ब्यक्तिलाई सहि स्थान दिन नसक्नुको परिणाम सभामुखको कार्यसम्पादनले प्रष्टाएको बताए।
बिजुक्छेंले सार्क राष्ट्रभित्रका लागि जसरी संयुक्त बिद्युत सम्झौता गरिँदै छ यसको साँचो भारतमा रहने भएकाले नेपालका लागि हित नभएको भन्दै उनले अघिल्लो सरकारमा उर्जा मन्त्री टोपबहादुर रायमाझी हुँदा प्रस्ताब गर्नु र हाल माओबादीकै नेतृत्वको सरकारमा संसदमा बिधेयक प्रस्तुत गर्नुले पनि वर्तमान सरकारको भारतप्रतिको झुकाप प्रष्टाएको बताए।
उनले नेपालको हरेक निर्णयको चाबी भारतसँग भएको समेत बिस्तारै प्रष्टिँदै गएको उनले बताए। दक्षिण एसिसामा जसरी संयुक्त सेनाको फौज बनाउने र त्यसको प्रमुख भारतकै सेनाको पदाधिकारी रहने तयारी भारतले गरिरहेको छ यसले अन्य देश स्वतन्त्र र सार्वभौम भन्ने शब्दमा मात्र सिमित रहने उनको टिप्पणी छ।
प्रचण्डको नेतृत्वको सरकार गठनसँगै जसरी बिशेष दुतका रुपमा भारतमा बिमलेन्द्र निधिलाई पठाईयो यो गलत भएको भन्दै उनले कुस्ती खेल्न पठाउनु पर्ने ब्यक्तिलाई दुतको रुपमा पठाउनु प्रधानमन्त्रीको त्रुटि भएको उनको भनाई छ।
भारतकै इशारामा सरकार निर्माण भएको भनाईहरुको पुष्टि वर्तमान सरकारमा जाने मन्त्रीहरुको नाम पहिले नै दिल्लीले निर्धारण गरेको भनाई र पछि उनै नामका मन्त्रीहरु हुनुले प्रमाणित भएको उनले बताए।
स्थानिय निकायको निर्वाचनको समय जसरी तोकिएको छ यो सम्भव नरहेको भन्दै १४ अञ्चल ७५ जिल्लाकै आधारमा निर्वाचन नगरिए दुई तीन वर्षसम्म पनि निर्वाचन नहुने उनको दाबी छ। तीनवटा निर्वाचन एकै समयमा गर्न नसकिने निर्वाचन आयोगले समते बताई रहेका बेला जसरी वर्तमान सरकरले लिंडे ढिपिमा लागिरहेको छ यसले पनि प्रष्टाउँछ कि सरकारमा आउन छिमेकीले लगाएको गुण तिर्न उनीहरु लागि पर्ने र नेपालमा अस्थिरता बढाउँदै लगाएको गुण तिर्न लागि परेको आरोप लगाए।
भारतीय राजदुतले नेपालमा गरिरहेको क्रियाकलाप कुटनीतिक मर्यादा भन्दा बाहिर रहेको र नेपालको राजदुत फिर्तासँगै भारतले पनि आफ्नो राजदुत फिर्ता बोलाउनु पर्ने भएता पनि नेपाल सरकारको निरहिता र भारतको हेपाहा प्रबृतिकै कारणले नेपालमा मनपरि काम गरिरहेको उनले बताए।