arrow

जलवायु सन्तुलनका लागि वृक्षारोपण

logo
नारायण वली,
प्रकाशित २०७९ साउन ८ आइतबार
plantation-tree-.jpg

रुपन्देही । अनियन्त्रित रुपमा हुँदै आएको नदिजन्य पदार्थ र रुख कटानको असर जलवायु परिवर्तनमा देखिएको छ । जसका कारण अहिले अत्यधिक गर्मी हुनुको साथै लामाो समयसम्म पनि बर्षातको समय आउँदा समेत पानी नपर्ने समस्या खडा भएको छ ।

पानी नपर्दा समयमा पानीका मुल सुक्ने र खानेपानीको समेत हाहाकार भएको पाईएको छ । पछिल्लो समय बढ्दो तस्करीका कारण ढुङ्गा र रुख कटानले पानीका मुहान सुक्दै गएको वातावरण विद्हरुले वताउँदै आएका वेला लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथ द्धारा वुटलको एक विद्यालयको खाली प्राङ्गणमा वृक्षारोपण गरेको छ ।

बढ्दो जलवायु परिवर्तनलाई न्युनिकरण गर्नका लागि सबैले क्षेत्र समूह लगायतले खाली जग्गाहरुमा वृक्षारोपण गरेमा केहीहद सम्म न्युनिकरण गर्न सकिने भएकाले आफ्नो एकबर्षे कार्यकालमा वृक्षारोपण गरेर आगामी सामाजिक कार्यको शुरुवात गरेको क्लवका अध्यक्ष दिपक गौतमले वताए ।

वृक्षारोपण कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा-१५ स्थित  दुर्गाभवानी आधारभुत विद्यालयको प्राङ्गणमा विभिन्न विभिन्न प्रजातीका आँप, लिचि तथा अन्य फलफुल लगायतमा विरुवा रोपिएको वताईएको छ । वृक्षारोपण कार्यक्रमको प्रमुख अतिथिमा रिजन चियरपर्सन लायन गुणाखर भण्डारी, बुटवल उपमहानगरपालिका वडा-१५ का वडाध्यक्ष सुर्य काफ्लेको बिशिष्ट आथित्यता तथा दुर्गाभवानी आधारभुत विद्यालयकी प्राधानाध्यापक रिता थापा, क्लबका निबर्तमान अध्यक्ष सन्तोसमान सिमाङगैडा लगायतको उपस्थितिमा  बृक्षारोपण गरिएको थियो। 

उक्त कार्यक्रमको संयोजन लायन चिरञ्जीवी खनालले गरेका थिए। उक्त प्राङ्गणमा गत बर्ष देखि क्लबले विभिन्न फलफुलका बिरुवा रोपेर म्यान्ङ्गो गार्डेन स्थापना गरेको जनाईएको छ ।



नयाँ