arrow
ADVERTISEMENT

चिनियाँ प्रभुत्व फैलाउन कन्फ्युसियस संस्थानको रिब्रान्डिङ, तर विश्व सर्तक बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
confucius institute china.jpeg

काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी प्रशासनले सन् २०२० मा अमेरिकामा रहेका ११८ मध्ये १०४ कन्फ्युसियस इन्स्टिच्युट (सीआई) बन्द गरेको थियो ।

नेशनल एसोसिएसन अफ स्कॉलर्स (एनएएस) को एक नयाँ प्रतिवेदनले यी मध्ये कम्तीमा २८ ले आफ्नो कन्फ्युसियस इन्स्टिच्युटलाई समान कार्यक्रमको साथ प्रतिस्थापन गरेको र कम्तिमा ५८ ले आफ्नो पूर्व कन्फ्युसियस संस्थानसँग घनिष्ठ सम्बन्ध कायम राखेको जनाएको छ ।

विवादास्पद चीन समर्थित भाषा र साँस्कृतिक प्रशिक्षण केन्द्रहरू रिब्रान्डिङ गरेर संयुक्त राज्य भरमा फेरि सञ्चालनमा आइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अमेरिकी विदेश मन्त्रालयले यी संस्थानलाई मिसनका रुपमा राख्दै बन्द गरेको थियो ।

यस सम्बन्धमा जारी आधिकारिक विज्ञप्तिमा भनिएको छ, 'अगस्ट सन् २०२० को अगस्ट १३ मा विदेश मन्त्रालयले वाशिंगटन डीसीमा मुख्यालय रहेको अमेरिकी सीआई अन्र्तगतका कन्फ्युसियस इन्स्टिच्युट यूएस सेन्टर (सीआईयुएस)को नेटवर्कले जनवादी गणतन्त्र चीनको विदेशी मिशनको रूपमा काम गर्छ । यो संगठनको अस्पष्टता र यसको राज्य निर्देशित प्रकृति यसका मुख्य कारणहरु हुन्।'

विदेशी नियोगका रूपमा तोकिएका संस्थाहरूले अमेरिकामा रहदाको कोष, कर्मचारी, पाठ्यक्रम र अमेरिकामा हुने गतिविधिहरूबारे बार्षीक रिपोर्ट पेश गर्नुपर्ने हुन्छ। सीआई इन्स्ट्युटहरुले कानुनीरुपमा अमेरिकी विद्यालय र संस्थाहरूलाई २ लाख ५० हजार डलर भन्दा बढी दिएको बिषय रिपोर्ट गर्नु पर्ने थियो ।

एट्लान्टिक भन्दा पर सन् २०२१ को जुलाईमा जर्मनीको शिक्षा मन्त्रालयले देशभरका विश्वविद्यालयहरूलाई चिनियाँ भाषा र संस्कृतिमा पाठ्यक्रमहरू प्रदान गर्ने सीआईसँगको सहकार्य अन्त्य गर्न आह्वान गरेको थियो ।

यो निर्णयसँगै त्रसित चिनियाँहरुले ग्लोबल टाइम्समार्फत लेख लेख्दै प्रतिक्रिया दिएका थिए । २०२१ को अक्टोबरमा प्रकाशित आर्टिकलमा  'शैक्षिक र सांस्कृतिक आदानप्रदान गतिविधिहरूमा राजनीतिकरणको चीन दृढताका साथ विरोध गर्दछ ।'

जुलाई २०२१ को रिपोर्ट अनुसार युरोपियन युनियन(ईयु)भित्र १९० वटा कन्फ्युसियस इन्स्टिच्युट रहेका छन् । सीआई संगठनहरू विश्वव्यापी रूपमा चीनका लागि विदेशमा सफ्ट पावर प्रक्षेपणको महत्त्वपूर्ण उपकरण हुन् ।

२०२० को अप्रिलमा स्वीडेनले आफ्नो अन्तिम सीआई कक्षा बन्द गरेको थियो भने, नर्वेले २०२१ को मार्चमा अन्तिम सीआई कक्षा बन्द गरेको थियो ।

यसअघि २०१९ मा ब्रसेल स्थित भर्जे विश्वविद्यालयमा रहेको सीआई इन्सिट्युटका निर्देशकलाई जासुसी गरेका कारण देशबाट निकाला गरिएको थियो ।

विश्वव्यापी रूपमा बन्द हुने सीआईको संख्या बढ्दै जादा एक वर्ष पहिले चीनले यस संगठनलाई फेरि नयाँ किसिमले ब्रान्डिङ गरेको छ ।

आधिकारिक रूपमा हानबन भनेर चिनिने सीआईले सन् २०२० को जुलाईमा जारी गरेको विज्ञप्तीमा विश्वभरका सीआई संस्थानहरु अब नयाँ स्थापना भएको गैर सरकारी फाउन्डेसनद्वारा सञ्चालित हुने कुरा उल्लेख छ ।

यो रिब्रान्डिङ साँच्चै सीआईको वास्तविक मनसाय छल्ने एक तरिका थियो । ताकि चीनले आफ्नो सफ्ट पावरलाई प्रभावकारी रूपमा विदेशमा प्रयोग गर्न जारी राख्न सक्छ।

सन् २०२० को जुलाईमा चिनियाँ सरकारले सीआईको अभिभावक विभाग अन्तर्राष्ट्रिय चिनियाँ भाषा परिषद्लाई रिब्रान्डिङ गर्दै भाषा आदानप्रदान एवं सहयोगका लागि शिक्षा मन्त्रालय केन्द्र (सीएलईसी) बनाएको छ ।

सीएलईसीले कन्फुसियस संस्थानहरूलाई कोष प्रदान गर्न र तीनीहरुालई प्रतिस्थापन गर्न एउटा छुट्टै संस्था चाइनिज इन्टरनेशनल एजुकेशन फाउण्डेशन (सीआईईएफ) स्थापना गरेको छ ।

सीआईको पछाडि चिनियाँ राज्य कत्तिको नजिक छ भन्ने कुरा सन् २००७ को अप्रिलमा कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभाग अन्तर्गत आध्यात्मिक सभ्यता निर्माण गर्न केन्द्रीय मार्गदर्शनका अध्यक्ष ली चाङचुनको भनाइबाट स्पष्ट हुन्छ ।

उनले कन्फ्युसियस संस्थानहरू 'सीसीपीको बाह्य प्रचार संरचनाको महत्त्वपूर्ण हिस्सा' भएको भनेको सिन्ह्वा समाचार एजेन्सीले उल्लेख गरेको थियो ।

लामो समयसम्म विश्लेषकहरूले सीआई संस्थानहरूलाई कम्युनिष्ट पार्टीका लागि विदेशमा प्रचार गर्ने मेसिन एवं क्याम्पसका भाषणहरूमा निगरानी र हस्तक्षेप गर्ने उपकरणको रूपमा हेरे हेर्दै आएका छन् । 

सन् २००९ मा नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीले कन्फ्युसियस संस्थानले आपत्ति उठाएपछि तिब्बती आध्यात्मिक नेता दलाई लामालाई आमन्त्रित गर्ने योजना रद्द गर्नुपरेको थियो।

दश वर्षपछि सन् २०१९ मा अमेरिकी रक्षा विभागले सीआई होस्ट गर्ने विश्वविद्यालयहरूलाई कोष प्रदान नगर्ने घोषणा गरेको थियो ।

हानबानको कोष गतिविधिहरूमा अमेरिकी शिक्षा विभागको अनुसन्धानले अमेरिकाको करिब ७० प्रतिशत शिक्षा सुविधाहरु हानबानबाट प्राप्त रकमको रिपोर्ट गर्न असफल भएको फेला पारेको छ ।

पश्चिमी विश्वविद्यालयहरूमा तिनीहरूका साझेदारहरूसँग सीआईसीले विद्यालयहरूले सीआईले प्रदान गरेको कोषको रकम खुलासा गर्न नपाउने जस्ता थुप्रै गोपनियताका शर्तहरु राखेको छ ।

एनएएसको रिपोर्ट अनुसार अमेरिकाका १५ विश्वविद्यालयले सन् २०१२ देखि सन् २०१८ सम्म हानबनबाट १ करोड ५० लाख अमेरिकी डलर रकम पाएको स्वीकारेका छन् ।

हानबनले अमेरिकाका १०० विद्यालयमा १३ करोड अमेरिकी डलर भन्दा बढी खर्च गरेको कुरा सिनेटको वित्तीय अभिलेख विश्लेषण गर्ने अनुसन्धान प्रतिवेदन उपसमितिको अनुसन्धानले देखाएको थियो ।

शिक्षा विभागले धेरै कलेजहरूलाई ३.६ अर्ब अमेरिकी डलर रिपोर्ट नगरिएको भन्दै कोषका लागि विदेशी निगम र नागरिकहरुलाई आह्वान गरेको लेबल लगाएको छ ।

एनएएसको प्रतिवेदनले हेरिटेजद्वारा आयोजित जुन २०२१ को छलफलमा अमेरिकामा सीआई बन्द हुनु सफलताको कथा भएको उल्लेख गरेको छ । 

अमेरिकाले कन्फ्युसियस संस्थानहरूद्वारा उत्पन्न खतरालाई मान्यता दिँदै सम्बोधन गरेको एनएएसको भनाइ छ ।

अमेरिकी कारबाही बाँकी विश्वका चेतावनीसमेत हो । हेरिटेज फाउन्डेसनको इभेन्टमा विज्ञहरूले सीआई चीनको संयुक्त मार्चा कार्य विभाग भएको र यसको मिशन भनेको विदेशी, विदेशी संस्थाहरू र विशेष गरी अमेरिका र अमेरिकाभरका कलेज क्याम्पसहरू प्रभुत्व बनाउनु भएको बताएका छन् ।

मोर्डन डिप्लोमेसीमा २०२० मा प्रकाशित नेमान्जा डुकिकको विश्लेषणले विश्वभर सीआई बन्द गरिएपछि र अमेरिकी संस्थानसँगको सम्झौता सकिएपछि चीनले रिब्रान्डिङ गरेको हुनसक्ने निश्कर्ष निकालेको छ । 

यो रणनीतिले चिनियाँ भाषाका शिक्षकहरूलाई पश्चिमी रणनीतिलाई टक्कर दिन समेत सतर्क बनाइराख्छ । यो भन्दा पनि बढी सीआईको रिब्रान्डिङले चिनियाँ संस्थाहरूलाई पश्चिममा फस्टाउने नयाँ बाटो समेत दिन्छ । 

सीआईमाथिको नियन्त्रण परिवर्तनले कुनै पनि हालतमा चिनियाँ शिक्षा मन्त्रालयबाट स्वतन्त्रता सुनिश्चित गर्दैन ।

पश्चिमलाई सीआई पछाडिको वास्तविक उद्देश्य चिनियाँ भाषा र संस्कृतिको विस्तार गर्नुहो भन्ने कुरा बुझ्न केही समय लाग्यो । तर, जब एक पटक यो धम्की थाहा भयो अमेरिकी प्रशासनले उपयुक्त कदम चाल्दै कारबाही गर्याे ।

यद्यपि, अहिले फेरि चीनले सीआईलाई रिब्रान्डिङ गरेको कुरा अमेरिका र विश्वभरका अन्य राष्ट्रहरू थाहा पाइसकेका छन् । जसरी सीपीसीले आफ्नो विदेश प्रचार पनि रिब्रान्डिङ गरेर गर्छ त्यसरी नै सीआईको हकमा गरेको छ । तथापि, यस बिषयमा विश्व सजग बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ