arrow

आफ्नोमा मदिरा पाउन छाडेपछि भारतीय जड्याँहा नेपाल पसे, वितण्डा गर्ने ३५ प्रहरी नियन्त्रणमा

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
Parsa-hamrakura.jpg.jpeg
पर्सा । भारतमा मदिरा विक्रिवितरण बन्द भएपछि भारतीयहरु सीमा वारी आएर मादक पदार्थ सेवन (मापसे) गर्न थालेका छन् । पर्साको इनरुवामा सोमबार साँझ मापसे चेकजाँचका क्रममा ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले हाम्राकुरालाई भने, ‘अन्य मामिलामा पक्राउ परेका होइनन् । पक्राउ परेका मध्ये केही रक्सी खाएर होहल्ला गर्नेहरु छन् भने, अधिकांश मापसे चेकमा परेकाहरु छन् ।’ अब उनीहरुलाई ट्राफिक नियम अनुसार हुने कारबाही हुन्छ । 
इनरुवाबाट ३५ भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । एसपी श्रेष्ठका अनुसार भारतीय बजारमा मदिरा पाउन छाडेपछि नेपाली सीमा बजारमा आएर मदिरा पिउने भारतीयहरुको संख्या बढेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ