- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता विधेयक, एमसीसी, संघीयता खारेजी लगायतका विभिन्न २२ बुँदे माग राखेर आन्दोलन शुरु गरेको छ । सो पार्टीले आन्दोलन अन्तर्गत पोखराको पृथ्वीचोकमा १० मिनेट चक्काजाम गरेर आफ्ना मागबारे सरकारको ध्यानाकर्षण गराएको हो ।
राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीका अनुसार यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागु गर्न आन्दोलन शुरु गरिएको हो । राप्रपाले उठाएका माग बुझाउन र सरकारलाई दवाव दिन सांकेतिक रुपमा चक्काजाम गरेको उनले बताए ।
उक्त अवसरमा राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले नागरिकता विधेयक खारेजी नभए नेपालको राष्ट्रियतामा खतरा पर्ने दाबी गरे ।
राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राष्ट्रिय एकता कायम राख्नुपर्ने बताए । नागरिकता विधेयक, एमसीसी लगायतका कारण नेपालको अस्तित्व खतरामा पर्दै गरेको उनले बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु जयलाल पुन, महेन्द्रबहादुर कार्की, प्रदेश सचिव बरुणविक्रम राणा, विजयबहादुर भणडरी लगायतले नागरिकता विधेयक पास गरेर राष्ट्रमाथि घात गरिएको आरोप लगाएका थिए ।