सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ। चुनावमा झक्कबहादुर शाही अध्यक्षमा विजयी भएका छन्। संघका उम्मेदवार शाहीले ५०४ मत प्राप्त गरि अध्यक्षमा निर्वाचीत भएका हुन। उनका प्रत्यासी अखिल (क्रान्तिकारी)का राजेन्द्र बुढाले ४६४ मत ल्याएका छन् भने अनेरास्ववियुका प्रभात पोख्रेलले ३९२ मत ल्याएका छन्।
यसैगरी सचिवमा अनेरास्ववियूका भरतबहादुर शाहीले ५३३ मत ल्याएर विजय भएका छन भने उनका प्रत्यासी नेविसंघका सन्तोषकुमार उपाध्यायले ४९६ र अखिल (क्रान्तिकारी)का रवि केसीले २९८ मत प्राप्त गरेका छन्।
यसैगरी कोषाध्यक्षमा नेविसंघका शुसिल भट्टराइले ५६२ मत प्राप्त गरि निर्वाचित भएका छन् भने अखिल क्रान्तीकारीका जानकी रेग्मीले ३४१ मत ल्याएकी छन भने अनेरास्ववियुका अनु आँकुराले ४२० मत ल्याएकी छन्। मप विश्व विद्यालय सुर्खेतको पहिलो स्वतन्त्र विद्यार्थी यूनियको निर्वाचनमा सदस्य पदमा नेविसंघको वर्चस्व रहेको छ। सदस्यहरुमा निसान्त खत्री ५०८, दिपकराज विसी ५१२, हरिबहादुर थापा ५३८, वर्षा केसी ५९८, धिरेन्द्र हमाल ४९९, पुरुषोत्तम जैसी ४७०, विश्वराज भट्टराई ४७९ मत ल्याएर विजय भएका छन्।
मप विश्वविद्यायलको मतदाता संख्या एक हजार ६ सय ९३ मध्ये निर्वाचनमा एक हजार चार सय ८० मत खसेको थियो। प्रत्यक्ष निर्वाचनमा १० पदका लागि ६९ जनाको उम्मेदवारी परेको थियो। मिश्रित प्रणालीबाट भएको निर्वाचनमा प्रत्यक्ष तर्फ १० र समानुपातिक तर्फबाट ७ जना गरि १७ जना पदाधिकारी हुने निर्वाचन समितिले जनाएको छ। स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघ, नेक्राविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी यूनियन, अनेरास्ववियू(छैठौं), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाललगायतका विद्यार्थी संगठनहरुले भाग लिएका थिए ।
यसअघी मतगणनाका क्रममा अखिल (क्रान्तिकारी)का राजेन्द्र बुढाले मतपत्रमा पानी हालिदिएपछि तनाव भएको थियो। प्रहरीको थप सुरक्षामा गतगणना सकिएको थियो।