arrow

केपी ओलीको चुनावी निर्देशनः जनताका वास्तविक समस्यामा ध्यान दिन जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
uml-meeting-2079-04-15.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न केन्द्रीय विभागलाई निर्देशन दिएका छन् । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकमा अध्यक्ष ओलीले कार्ययोजना तयार गरी पार्टीसँग समन्वय गरेर आफ्नो विभागको कार्यक्षेत्रमा केन्द्रित भएर लाग्न तथा सरकारका गलत कामको विरोध र जनताका वास्तविक समस्यामा ध्यान दिन निर्देशन दिए । 

च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न ३३ विभागका प्रमुख, उपप्रमुख र सचिवहरु सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ