arrow

राजधानीमै एकै परिवारका चार जनाको विभत्स हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
pandey-pariwar.jpg

काठमाडौ । गोरखा घर भई काठमाडौंको तारकेश्वरमा बस्दै आएका एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ ।  

सोमबार उनीहरूलाई छिमेकीले मृतावस्थामा फेला परेका थिए ।  जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक एकै परिवारका भएको पुष्टि गरेको छ ।  

मृत्यु हुनेमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे  रहेका छन् । 

दिनेश र सुनिता श्रीमान् श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी रहेको काठमाडौं प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेको देखिएको छ । 

सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको प्रहरीले जनाएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ