arrow

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
pm-deuba-speech.PNG

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।  दिउँसो १ बजे बस्ने बैठकले प्रतिनिधिसभा र  प्रदेश निर्वाचनको मिति तोक्ने बताइएको छ ।   

निर्वाचन आयोगले सरकारले ढिलै घोषणा गरे पनि पनि तोकिएकै मितिमै निर्वाचन सम्पन्न गर्ने जनाएको छ । 

हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरूले आगामी ४ मङ्सिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका थिए ।  त्यसैअनुसार मिति तोक्ने निर्णय गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ