काठमाडौं। १७.८ अरब अमेरिकी डलर बराबरको महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टू व्हीलर्स लि. (MTWL) ले आफ्नो प्रिमियम ३०० सि.सि. बाइक महिन्द्रा MOJO को नेपालमा अनावरण गरेको छ। उक्त फ्ल्याग्शिप बाइक आज अगस्त ३०, २०१६ काठमाडौंमा भएको नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल एक्सपो नाडा अटो सो २०१६ मार्फत अनावरण भएको हो। उक्त अटो शो को समापन सेप्टेम्बर ४ मा हुने छ।
सोही कार्यक्रमको लागि दुईजना राइडर्सहरुले भारतको पुनेबाट अगस्त २३ मा MOJO बाइक चलाई र करीब २,०८८ कि.मि. को दूरी तय गर्दै काठमाडौंमा भएको अटो शो मा आएका थिए। सो राइडर्सहरुको यात्राको सुरुवात महिन्द्रा टू व्हीलर्सका सिनियर भाइस–प्रेसिडेन्ट (आर एण्ड डी) पी.एस. अशोकद्वारा भएको थियो।
MTWL का प्रमुख कार्यकारी अध्यक्ष सहायलका अनुसार – “MOJO महिन्द्रको फ्ल्याग्शिप मोडल हो र यो आफ्नो लन्च देखि नै भारतमा लोकप्रिय हुँदै आएको छ। हामीले हालसम्म लोयल कस्टोमरहरुको एउटा ठूलो टोली बनाउन सफल भइसकेका छौं जो अनि MOJO Tribe को सदस्य भएका छन्। हामी MOJO प्रेमीहरुको यस समूहलाई नेपालमा पनि विस्तार गर्न चाहन्छौं। पुनेबाट २,०८८ कि.मि. को दूरी तय गर्दै काठमाडौं आइपुग्नुले MOJO को दमदार पावर प्रमाणित गर्नुका साथै एक टुरिङ्ग बाइकको रुपमा आफ्नो बलियो छवि बनाएको छ।”
अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार – “MOJO महिन्द्रा टू व्हीलर्सको तर्फबाट आएको सबैभन्दा उत्साहजनक प्रोडक्टहरु मध्ये एक हो र यस मोटरसाइकललाई नेपालमा ल्याउन पाएकोमा हामी एकदमै हर्षित छौं। हामी चाँडै नै MOJO लाई इच्छुक ग्राहक माझ लिएर आउने छौं र उहाँहरुलाई विश्वस्तरीय मापडण्ड र टेक्नोलोजी अनुरुपको उच्चस्तरीय टुरिङ्ग बाइकको अनुभव गराउनेछौं।”
MOJO मा लो–फ्रिक्सन पिस्टन तथा रिङ्ग भएको स्टेट–अफ–आर्ट DOHC (Double Over Head Camshaft) इन्जिनका साथै एडभान्स्ड्EFI (Electronic Fuel Ignition), इरिडियम स्पार्क प्लग, रेजोनेटर–फिटेड इन्टेक सिस्टम तथा ट्वीन एक्जहस्ट् पनि रहेको छ। साथै, MOJOमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ। ३२० एमएमको रेडियल्ली–माउन्टेड फ्रन्ट डिस्क ब्रेक तथा पिरेली डिएब्लो रोस्सो टू टायर पनि रहेको छ। यी फिचर्सहरुलाई वर्गमै सबैभन्दा बढी २१ लिटरको इन्धन क्षमता भएको फयुल ट्यांकले लामो दूरी तय गर्नको लागि सहायता गरेको छ।