arrow

ओलीको टिप्पणी- एमाले प्रतिपक्षमा बस्नु देश बरबादीमा जानु हो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
kp-oli-angry.jpg

काठमाडौं ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रतिपक्षमा बस्नु देशका बरबादी भएको टिप्पणी गरेका छन् । शनिवार एक कार्यक्रममा बोल्दै ओलीले स्थिरता, स्थायित्वदेखि भ्रष्ट्राचार नियन्त्रण र पूर्वाधारको विकासको लागि एमालेले जित्नै पर्ने बताए । 

ओलीले भने उनले भने 'हामी प्रतिपक्षमा बस्नु भनेको देश बरबाद हुनु हो । कमसेकम ५ वर्ष हामीले देशलाई सही बाटोमा अगाडी बढाउनै पर्छ ।' 

आफ्नो कार्यकालमा भ्रष्टाचारको आरोप लागेका  ओलीले एमालेले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारमुक्त समाज बनाएर स्वच्छताका साथ अगाडी बढ्ने दाबी गरे । उनले भने,' “एमालेमाथि फजुल आरोप लगाउने काम गरिएको छ । एमाले भ्रष्टाचार गर्दैन, भ्रष्टाचार हुन दिन्न ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ