arrow

न्यान्सीको ताइवान भ्रमण विवाद: एक सयभन्दा बढी देशले गरे एक चीन नीतिलाई समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
us-china-taiwan-relation.png

काठमाडौं । चिनियाँ विरोधका बाबजुद पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछिको विवादकाबीच एक सय भन्दा बढी देशहरूले एक चीन नीतिको समर्थन गर्दै आफ्नो प्रतिबद्धतालाई स्पष्ट पारेका छन् ।

कुनै बेला एउटै देशको भूभाग रहेको चीन र ताइवान गृहयुद्धमा एक पक्षको हार भएपछि त्यो पक्ष केही चिनियाँ नागरिकसहित ताइवान आएर बसेको थियो । सोही पक्षले ताइवानमा निर्वासित सरकार बनाएको थियो ।

अहिले ताइवानले आफूलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्न चाहे पनि चीनले आफ्नै हिस्सा भएको मान्ने गर्छ । संयुक्त राष्ट्र सङ्घ, अमेरिका, क्यानडा, बेलायत, भारतलगायतका सबैजसो देशले समेत मुख्य चीन भनेर चीनलाई नै समर्थन गरेको छ ।

चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीमाथि लगायो प्रतिबन्ध

तर, ताइवानप्रति अस्पष्ट नीति राख्ने गरेको अमेरिकाले चीनले आक्रमण गरेमा आफुले ताइवानको रक्षा गर्न मद्दत गर्छु भन्दै सन् १९७९ मा कानुन नै पास गरेको थियो । चीनले कुनै पनि देशबाट ताइवानमा हुने उच्च स्तरीय भ्रमणको विरोध गर्छ ।

तर, अहिले चीनको विराेधकाबीच २५ वर्षपछि अमेरिकी सभामुखले ताइवान भ्रमण गरेको थियो ।

न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीनले विरोध स्वरूप गत बिहीबारदेखि आइतबार (आज)सम्मका लागि ताइवान वरपरका  छ वटा ठाउँमा सैन्य अभ्यास गरिरहेको छ ।

चीनले ताइवानमा हानेका मिसाइल कति शक्तिशाली हुन् ?

अमेरिकी सभामुखको ताइवान भ्रमणले चर्किएको विवादका बीचले एक सय भन्दा बढी देशले एक चीन नीतिप्रति आफ्नो दृढ प्रतिबद्धतालाई पुष्टि गर्दै चीनको वैधानिक अडानप्रति उनीहरूको बुझाइ र समर्थनलाई जोड दिए चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलेसमेत संयुक्त राष्ट्र सङ्घको महासभाको प्रस्ताव २७५८ मा राष्ट्रसङ्घ प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। 

राष्ट्रसंघका महासचिवले भने- एक चीन नीतिको पालना गर्छौं

हिजो शनिबारको प्रेस ब्रिफिङमा बोल्दै चिनियाँ विदेशमन्त्री यीले विश्वमा एउटा मात्र चीन छ र त्यो जनवादी गणतन्त्र चीनको सरकार हो र ताइवान चीनकै हिस्सा हो भन्ने अन्तर्राष्ट्रिय समुदायको न्यायको एकीकृत आवाज हो भन्ने टिप्पणी गरेकाे चिनियाँ विदेश मन्त्रालयकाे वेबसाइटमा प्रकाशित वक्तव्यमा उल्लेख छ ।

वाङ यीले भनेका छन्,'पेलोसीको ताइवान यात्रा वास्तवमा प्रहसन बनेको छ। यसो गरेर उनले ढुंगालाई आफ्नै खुट्टामा खसालेकी छिन्, किनभने उनले जे गरेकी छन् त्यसले एक चीन सिद्धान्तमा अन्तर्राष्ट्रिय समुदायको सहमतिलाई बलियो बनाएको छ । यसले चिनियाँ जनतालाई एक महान आधुनिक समाजवादी देश निर्माण गर्ने र राष्ट्रिय पुनर्मिलन हासिल गर्ने प्रक्रियालाई अगाडि बढाउन थप एकताबद्ध र दृढता मात्र बनाउँछ।'

ताइवानमा तनाव: चीनले कयौं ब्यालेस्टिक मिसाइल हान्यो, अन्तर्राष्ट्रिय उडान बन्द

चीनमा चींग राजवंहको शासन हुँदा सन् १९८५ सम्म ताइवान चीनकै हिस्सा थियो । पछि चीनमा कुओमिन्ताङ र चिनियाँ कम्युनिस्ट पार्टीबीच युद्ध हुँदा कुओमिन्ताङको हार भएको थियो । केही लाख आफ्ना समर्थकलाई लिएर तत्कालीन कुओमिन्ताङका लिडर सन यत सेन ताइवान भागेका थिए । ताइवानमा कुओमिन्ताङले निर्वासित सरकार बनाए पनि मुख्यभुमीमा चिनियाँ कम्युनिस्ट पार्टीको सरकार बनेको थियो ।

दुवैले एकअर्काेलाई सँगै गाँभ्ने भने पनि करोडौं जनसंख्याको नेतृत्व गर्ने चिनियाँ कम्युनिस्ट पार्टीसँग केही लाख जनसंख्या र सानो क्षेत्रको कुओमिन्ताङले सकेन । अहिले आएर ताइवानले आफुलाई स्वतन्त्र राष्ट्रका रुपमा मान्न खोजेको छ । तर, ताइवानलाई विश्का १५ बढी जसो साना अफ्रिकी मुलुकहरुले मात्रै राष्ट्रको मान्यता दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ