arrow

मधेसले पठायो प्रधानमन्त्रीलाई चेतावनीसहितको पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
madhesh-patra.jpg

काठमाडौं । प्रहरी समायोजनलाई लिएर आन्दोलनको चेतावनी दिएको मधेस सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएको छ ।

 प्रहरी समायोजन सात दिनभित्र नटुङ्ग्याए आन्दोलन गर्ने चेतावनीसहित मधेस सरकारले आइतबार प्रधानमन्त्री देउवालाई पत्र पठाएको हो। 

मधेसका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र पठाएका हुन्। 

सञ्चार मन्त्री साहले माग सम्बोधन नभए आठौं दिन देखि सडक आन्दोलन थाल्ने बताएका छन्। उनले प्रदेश प्रहरी समायोजन र सीडीओ प्रदेश मातहत ल्याएर मात्र चुनावमा जानु पर्ने बताएका छन् । 

अन्यथा आफूहरूको आन्दोलन प्रदेश र सङ्घीय क्षेत्र सम्म पुग्ने भएकाले चुनाव समेत प्रभावित हुने उनको चेतावनी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ