arrow

तराईमा ५७ सय बढीलाई ओलीले गरे स्वागत

भारतसँग वार्ता गरी यसको समाधान खोज्नुपर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
kp-oli-madesh-visit-sarlahi.jpg

रौतहट । तराईको गौरमा ५७ सय बढी कार्यकर्तालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । सोमबार एमालेले रौतहटको गौरमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरिए आएकाहरू एमाले प्रवेश गरेका हुन् । 

सो अवसरमा गौर नगरपालिकाका पूर्वप्रमुख अजय कुमार गुप्ताको नेतृत्वमा पाँच हजार सात सय ४३ जना एमालेमा प्रवेश गरेका थिए । 

पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले जनता एवं प्रगतिशील जनताको पार्टी भएको बताए । एमाले भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी भएको बताए ।

पूर्व प्रधानमन्त्री ओलीले तराई मधेसका जिल्लाहरूले बर्सेनि कटान, डुबान र बाढीको समस्या झेल्दै आएकाले छिमेकी मुलुक भारतसँग वार्ता गरी यसको समाधान खोज्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ