गुल्मी। गुल्मीको एक विद्यालयका विद्यार्थीहरुको सुविधाको लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
कुर्घा गाविस वडा नं. ७ गुर्जाङ्गमा रहेको खड्कदेवी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका खाजा,पोशाक र कपि पेनको सुविधाको लागि चितवन भरतपुर निवासी हाल रोजगारीको शिलशिलामा जापानमा कार्यरत नेत्र खरेलले बुवा टिकाराम खरेलको स्मृतिमा नगद रु.२ लाख, ५हजार, ५सय, ५१ रुपैया,यस्तै रुपन्देही नगरपालिका १० सुख्खानगर निवासी अर्जुन बहादुर थापाबाट नगद रु.१लाख,१० हजार,सोही नगरपालिका ५ निवासी गगन बहादुर पछाईबाट नगद रु.१ लाख, ५हजार, र कुर्घा गाविस वडा नं. ७ निवासी तथा अक्षयकोष समितिका अध्यक्ष राम बहादुर पच्याबाट नगद रु. ५२ हजार गरि करिव नगद रु ४ लाख ७२ हजार,५सय,५१ रुपैया रकम सहयोग संकलन भएको प्रधानाध्यापक कुलराज शर्माले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक कुलराज शर्मा विशेष पहल तथा स्थानीयबासिन्दाको सक्रियतामा विद्यार्थीहरुको लागि निःशुल्क रुपमा दिवा खाजा,पोशाक र कपि पेनको सहयोगका आर्थिक सहयोग अभियान सञ्चालन गरिएको प्रधानाध्यापक शर्माले जानकारी दिए । साथै प्रधानाध्यापक शर्माले विद्यालयले सञ्चालन गरेको अभियानलाई आफू सक्दो सहयोग गरिदिन सबैलाई आग्रह समेत गरेका छन् ।