arrow

मोती जयन्ती : ‘ल्यौ ल्यौ औंठी म दिन्छु राख तिमीले मेरो निशाना भनी’

logo
मोतीराम भट्ट,
प्रकाशित २०७३ भदौ १६ बिहिबार
Motiram_bhatta-1.jpeg
काठमाडौं । बिहीबार कुशे औंशीका दिन नेपाली गजलका सूत्रपात गजलकार मोतीराम भट्टद्वारा रचित गजल प्रस्तुत गरिएको छ । यिनको हरेक वर्ष कुशे औशीका दिन जन्म जयन्ती मनाउने गरिन्छ । भट्टको १९२३ सालको कुशे औंशीका दिन जन्म भएको थियो भने १९५३ सालको कुशे औंशीका दिन नै निधन भएको थियो । उनी प्रथम नेपाली साहित्यका समालोचक पनि हुन् । उनका कवितारकाव्य, नाटक, समीक्षा जस्ता विविध कृतिहरू प्रकाशमा आएका छन् । कविता र काव्य विधामा पर्ने उनका कृतिहरूमा भ्रमर गीत (१९४३), कविसमूहवर्णनम् (१९४३), पञ्चकप्रपञ्च (१९४४), तिजको कथा (१९४४)? स्वप्नाध्याय (१९४६), गजेन्म्रमोक्ष (१९४७), श्लोक संग्रह (१९४८), शकुनौती (१९४८), प्रह्लादभक्ति कथा (१९४९), आदि प्रमुख रूपमा रहेका पाइन्छन् ।)
 
पर्देश हो कति ह्वाँ रहिन्छ कहिले फर्किन्छ मेरो ठिकान् । 
केही छैन उ मालिकै यदि भने मान्नु छ मैले कमान् । 
क्यै कालसम्म धिरज् गरी तिमी बस्या फर्केर आउन् भनी
ल्यौ ल्यौ औठि म दिन्छु राख तिमीले मेरो निशाना भनी 
 
भेट भो बल्ल यति पछि कृषकुटी मो जान्छु पर्देश भनी 
ल्यौ ल्यौ औठि म दिन्छु राख तिमीले मेरो निशाना भनी 
मेरो चिह्न पनि त लिनू अब होस् भन्या त जिद्दी गरिन् । 
ल्यौ ल्यौ लिन्छु म हाँजिरै छु कहँदा हाँसेर चुम्बन् दिईन् । 
 
यस्तै दैव रहेछ मर्म अरूको मर्म नजानी दिन्या
मेरो मन् डढी खाक् भयो अझ पनि पानी नपारी दिन्या 
ल्यौ ल्यौ औठि म दिन्छु राख तिमीले मेरो निशाना भनी 
प्यारी चित्त बुझाई फिक्री नगरे जानेर ईश्वर खुनी 
 
कहाँ श्री भगवान कृष्ण अधिराज् कहाँ सुदामा शखा
भक्तिले कनिका दिँदा उठिलिया कस्तो मजाको भन्या 
त्यस्तै प्रिती सदा छ प्यारी मनमा तिम्रा उपर्मा पनि 
ल्यौ ल्यौ औठि म दिन्छु राख तिमीले मेरो निशाना भनी 
 
भेट् हुनु सपना झई हुन गयो कैले हवस् ता पनि 
चिन्याको नचिन्या झई हुन गयो हिन्छ्यौ उसै तनतनी 
यस्तै प्रिती रहेछ आज बुझियो आस् गर्दछु तै पनि 
ल्यौ ल्यौ औठि म दिन्छु आज तिमीले मेरो निशाना भनी 
 
ठूलो सागर रूपको वरीपरी हिँड्छयौ जसै हेर्दछु 
तेस्को प्रेम् भवरी विषे लखतरान् भै भै मता घुर्दछु 
तुम्बा छैन मलाई पार् लगिदिन्या डुब्न्याछु आखिर् पनि 
ल्यौ ल्यौ औठि म दिन्छु आज तिमीले मेरो निशाना भनी 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ