arrow

योजना आयोगमा श्रेष्ठ

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
singha_durbar.jpg.jpeg
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीन बहादुर श्रेष्ठ नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बै‌क‌‌‌का कार्यकारी निर्देशक श्रेष्ठलाई नियुक्त गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।  
 
त्यस्तै, प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेल नियुत्तः भएका छन् भने परराष्ट्र सल्लाहकारमा डा. ऋषि अधिकारी नियुक्त भएको पनि मल्लले जानकारी दिए । 
 
बैठकले प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभा निर्वाचनका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ