एजेन्सी । बलिउड अभिनेता रणबीर कपूर समलैंगिक भुमिकामा देखिन तयार भएका छन् । उनले भने 'कपूर एण्ड सन्स' मा फवाद खानले गरेको अभिनयले कलाकाहरुलाई समलैंगिक भुमिकाको लागि बाटो खुल्ला गरिदिएको छ ।
'कपूर एण्ड सन्स' मा पाकिस्तानी अभिनेता फवाद खानले समलैंगिक व्यक्तिको भुमिका निर्वाह गरेका थिए । रणबीरले चुनौतीपूर्ण भुमिका निर्वाह गरेकोमा आलिया भट्ट (उड़ता पन्जाब) र फवाद (कपूर एण्ड सन्स) को खुलेरै प्रशंसा गरे ।
समलैंगिक भुमिका बारे पत्रकारको प्रश्नमा रणबीले भने , " यदि मलाई समलैंगिक रुपमा अभिनय गर्नुपरेमा म पक्का गर्नेछु । तर , यो भूमिकामा अरु कलकारहरुले गरेको भन्दा फरक हुनुपर्नेछ । फवादले समलैंगिक भुमिका निर्वाह गरेर अन्य कलाकारहरुलाई बाटो खोलदिएका छन् । यदि यस प्रकारको अभिनयको प्रस्ताव मलाई पहिलेनै आएको भए म नाइ भन्दिन थिए होला । "