arrow

तरुण दलको महाधिवेशन सर्ने निश्चित

logo
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
tarun-dal.jpeg
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन सर्ने निश्चितप्रायः भएको छ । साढे चार वर्षदेखि तदर्थवादमा चलिरहेको निर्वाचन समितिका पदाधिकारी पनि चौथो महाधिवेशनमा उम्मेदवारी दिन पाउनु पर्ने चर्को आवाज उठेसंगै महाधिवेशन सर्ने निश्चितजस्तै भएको हो । 
 
केन्द्रीय सदस्य राधा घलेले अहिले नै महाधिवेशन सर्ने निश्चित नभए पनि त्यही बाटोमा अगाडि बढेको बताइन् । उनले अहिलेसम्म ५६ जिल्लाको अधिवेशन भइसकेको र भदौ २४ भित्र थप ९ जिल्लाको सकिने बताइन् । घलेले सकभर २४ गतेदेखि पोखरामा हुने महाधिवेशन समयमै गर्न कोशिस गर्नेसमेत बताइन् । 
 
तर उनले थपिन् ‘साथीहरुको इच्छा आफूहरु पनि चुनावमा लड्न पाउनु पर्छ भन्ने छ त्यसकै लागि पनि केही दिन महाधिवेशन सर्न सक्नेछ ।’ घलेले हाम्राकुरासंग भनिन्, ‘पार्टी सभापतिले दिएको डेडलाइन असोज ६ गतेको भएकाले त्यसअघि नै महाधिवेशन भइसक्ने छ ।’
 
साढे ४ वर्षअघि तत्कालीन पार्टी सभापति सुशील कोइरालाले ६ महिनाभित्र निर्वाचन गर्नेगरी तदर्थ समिति बनाएका थिए । त्यतिबेला तदर्थसमितिका कोही पनि उम्मेदवार बन्न नपाइने नियम लगाइएको थियो ।
 
त्यसलाई पछ्याउँदै नेविसंघको निर्वाचन भए पनि तरुण दल र नेपाल महिला संघका पदाधिकारीले निहुँ खोजिरहेका छन् । महिला संघको महाधिवेशन काठमाडौंमा भदौ २९ देखि हुँदैछ । 
 
तरुण दलको महाधिवेशन अब महिला संघको महाधिवेशनपछि नै हुने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ