arrow

म्याग्दीको बेगखोलामा बाढीले १२ घर पुरियो, एक जना वेपत्ता

logo
निर्मल खत्री,
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
myagd-pahiro.jpeg
म्याग्दी।  गएराती परेको भारी बर्षाको कारण आएको बाढीले म्याग्दीको बेगखोला गाविसमा १२ घर पुरिएको छ। बेगखोलाको खहरे खोलामा आएको भिषण बाढीले बेगखोला –६ मा ११ वटा घर पुरिएको छ भने ४ घर उच्च जोखिममा परेका छन्।
 
बेनी–जोमसोम सडकछेउमा रहेको बस्तीमा भिषण बाढी पसेर स्थानिय पूर्ण प्रसाद सिञ्जाली,सुरेन्द्र तामाङ, बिर्खजन पाईजा , धनबहादुर गर्वुजा, ओमकुमार सिञ्जाली, रत्नकुमार गर्वुजा, लोकबहादुर पुर्जा, मबहादुर राम्जाली, टिकबहादुर बुढाथोकी, कमल पाईजा र निरबहादुर बुढाथोकीको घर पूर्ण रुपमा पुरिएको हो।
 
बाढीले बेग –१ बाँसबोटका सोम बहादुर नेपालीको घर समेत पूर्ण रुपमा भत्काएको र वडा ४ का पापिश विकको घरमा क्षती पुर्‍याएको घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताएका छन्। ‘‘ बाढीले बस्ति पुरै बगरमा परिणत भएको छ, राती बाढी पसेपछि स्थानीयले भागदौड गरि ज्यान जोगाएका थिए।
 
बाढीकै कारण स्थानीय ४८ बर्षिय पूर्ण प्रसाद सिञ्जाली वेपत्ता भएका छन्। उनको खोजीकार्य भईरहेको छ। त्यस्तै ५० बर्षका दुतबहादुर सिञ्जाली भागदौडको क्रममा घाईते भएको प्रहरीले जनाएको छ। बाढीले  बगाएको बेगखोलाका ११ घरको करिब ४१ लाख ६० हजार बराबरको धनमाल क्षति भएको प्रहरी निरिक्षक गुरुले बताए। 
 
बेगखोलाको पुरै बस्ती नै बाढीले पुरिएपछि त्यहाँका ११ घरका ३२ जना महिला र २५ जना पूरुष गरि ५७ जना विस्थापित भएका छन्। उनीहरुलाई नेपाल रेडक्रस सोसाईटी म्याग्दीको टोलीले घटनास्थल पुगेरे त्रिपाल, भाँडाकुडा, लत्ताकपडा लगायतका प्राथमिक राहतको सामाग्री उपलब्ध गराईसकेको छ। भन्ने जिल्लामा बिभिन्न संघसंस्थाहरुले सहयोग संकलन अभियान सुरु गरेका छन्। भन्ने बाढीले पुल बगाए पछि म्याग्दी जोमसोम सडकखण्ड समेत अवरुद्ध भएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ