arrow

कालीगण्डकी करिडोरलाई थप १९ करोड विनियोजन

logo
नारायण रिजाल,
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
Kaligandaki-corridor.jpeg
भदौ। चिन र भारत सम्म जोडिने निर्माणाधिन कालीगण्डकी करिडोर बागलुङ खण्डको ट्र्याक खोल्नको लागि १९ करोड रुपैयाँ विनियोजन भएको छ। संसदको विकास समितिका सदस्य रहका बागलुङका सांसद प्रकाश शर्मा पौडेलको पहलमा बजेट विनियोजन भएको हो। चालु आर्थिक वर्षमा बागलुङ खण्डको ट्र्याक खोल्न बाँकी रहेको बलेवाको नारायणस्थान टाकुरी हुँदै बिनामारे कुचुरी भिर, अर्जेवा, जैदी लउँवाहुँदै छिस्तीबाट गुल्मी जोड्न बजेट विनियोजन भएको छ।
 
बारम्बारको दबाबपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाली सेनाले खन्ने सो सडकको लागि बजेट विनियोजन गरिसकेको सांसद पौडेलले बताए। संविधानका सभाको निर्वाचनमै उक्त सडक निर्माणलाई प्राथमिकताको घोषणा गरेका सांसद पौडेलले तत्कालिन अवस्थामा ट्र्याक खोल्नको लागि करिडोर कार्यालयबाट पौडेलकै पहलमा सेनालाई हस्तान्त्रण गरेपछि सडक निर्माण सुरु भएको थियो । सेनाले बागलुङ खण्ड मालढुंगाबाट बलेवा टाकुरीसम्म ट्र्याक खोलि प्रधान सेनापती राजेन्द्र क्षेत्रीबाट उदघाट्न समेत गरी सकेको छ।
 
बजेट विनियोजन भएछि यसै वर्ष छिस्तीसम्म ट्र्याक खोल्नको लागि काम भैरहेको सेनाको निर्माण कार्यदलका संयोजक रेस्मीराज भट्टराईले बताए । बजेट विनियोजन भएपछि टाकुरीदेखि पालुङखोलासम्मको २२ किलोमिटर ट्रयाक तीब्र रुपमा काम गर्ने उनले बताए। १८ करोड ४९ लाख २५ हजार पु¥याएको छ । सो खण्डमा पर्ने मोटरेवल पुल निर्माणको लागि पनि अध्ययन भैरहेको कालीगण्डकी करिडोरका प्रमुख गुरु अधिकारीले बताए । सेनाकाले ट्र्याक खोलेपछि सो सडक सडक डिभिजनले कालोपत्रे गर्ने छ।
 
 बागलुङको टाकुरीदेखि छिस्ती सडक खण्डको लागि चालु आर्थिक वर्षमै नेपाली सेनाले काम अघि बढाउनको र १५ करोड ४९ लाख २५ हजारबाट बढाएर   बजेट विनियोजन भएको हो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ