arrow

ज्ञानेन्द्रको निवासमा लाईन काटिएको छैन : केन्द्र प्रमुख खत्री

logo
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रको निवास नागार्जुनमा विजुलीको लाईन काटिएको भन्ने हल्ला मिथ्या रहेको विद्युत प्राधिकरण कुलेश्वर केन्द्र प्रमुख थिर कुमार खत्रीले बताएका  छन् । विभिन्न सञ्चार माध्यममा लाईन काटिएको विषयमा समाचार आएपछि प्रमुख खत्रीले हाम्राकुरासँग कुराकानी गर्दै आफूहरूले पैसा तिर्न आग्रह गर्दै विल पठाएको भएपनि लाईन नकाटिएको स्पष्ट पारेका छन् । 

यस भन्दा अघि लाईन पैसा तिर्न आग्रह गर्दै पठाएको पत्र नेपाली सेनाले नलिएको भएपनि केही दिन अघि सो पत्र लिएको जानकारी पनि उनले दिए । नागार्जुनमा झण्डै ७१ लाख रूपैयाँ विजुलीको विल तिर्न बाँकी छ । तर यो पैसा कसले तिर्ने भन्ने विषयमा समेत अन्यौलता सिर्जना भएको छ । पूर्व सरकार प्रमुखको हैसियतले सरकारले नै पैसा तिर्ने कि अरूले भन्ने विषय पनि अन्यौलमा छ । 
 
केन्द्र प्रमुख खत्रीले भने यो सेनाको क्षेत्र भएकोले यसरी लाईन काट्दा उनीहरूलाई समस्या हुने भएकानेले यस विषयमा विस्तृत छलफल गरेर मात्रै निर्णय लिईने जानकारी पनि उनले दिए ।
 
त्यसैबीच, उर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण राज पन्तले पनि मन्त्रालयबाट लाईन काट्ने विषयमा कुनै निर्णय नभएको जानकारी दिएका छन् । ‘हामीलाई अहिलेसम्म सो विषयमा कुनै जानकारी छैन’ उनले भने ‘यस्तो हुनु पनि नपर्ने हो ।’  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ