arrow

पथरीका वृद्धवृद्धालाई डा. शर्माले गराइदिए गाउँमै मुटु तथा फोक्सोको परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
Mutu-jach-sibir-pathari-nobel.jpg

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनील शर्माले मोरङको पथरीशनिश्चरेका वृद्धवृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गराइदिएका छन् । 

नोबेलबाट विशेषज्ञ डाक्टरहरुको टोली पठाएर डा. शर्माले वृद्धवृद्धाहरुलाई गाउँमै स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाइदिएका हुन् । डा. शर्माको योजना अनुरुप ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मंगलबार पथरीमा मुटु तथा फोक्सो रोग परीक्षण शिविर सञ्चालन गरिएको हो । 

शिविरमा स्थानीय १७५ जना वृद्धवृद्धाको मुटु तथा फोक्सो परीक्षण गरिएको छ । वृद्धवृद्धाको उपचारका लागि नोबेलका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डाक्टर राजेश नेपालको नेतृत्वमा डाक्टरहरुको टोली शिविरमा पुगेको थियो । शिविरमा १६५ जना वृद्धवृद्धाको मुटुको जाँच इको गरिएको छ ।

जसमध्ये ५५ जना वृद्धवृद्धालाई थप उपचार गर्नुपर्ने देखिएकाले उनीहरुलाई नोबेल अस्पतालमा  नोबेलकै गाडीमा ल्याएर उपचारपछि घरसम्म पुर्याउने व्यवस्था मिलाइएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए । 

डा.शर्माले वृद्धवृद्धालाई अस्पताल ल्याउने, अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क गर्ने र उपचार पश्चात घर पुर्याउने व्यवस्था मिलाइदिएका हुन् ।

समाजसेवी व्यक्तिको पहिचान बनाएका डा. शर्मा बेलवारी निवासी हुन् । उनले बेलबारीसहित छिमेकी पालिकाहरु सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीका बिरामीहरुलाई वर्षौं अघिदेखि निःशुल्क एवं विशेष छुटमा उपचार गराउँदै आएका छन् । गाउँ–गाउँमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिँदै आएको छ । डा.शर्माले अहिले सो क्षेत्रमा एम्बुलेन्स क्याम्प पनि सञ्चालन गराइरहेका छन् ।      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ