काठमाडौं । उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले कर प्रणाली बजबूत भएमात्रै मुलुक समृद्ध बन्ने बताएका छन् । शुक्रबार आन्तरिक राजश्व विभागको निरीक्षण्न गर्दै महराले कर्मचारीहरूले राष्ट्रलाई प्रोत्साहन गरेमात्रै मन्त्रालयले पनि कर्मचारीहरूलाई प्रोत्साहन गर्ने स्पष्ट पारेका छन् ।
विभागको वारेमा आफू पूर्व जानकार रहेको वताउँदै महराले कर प्रणाली जति मजवुद हुदै जान्छ देश त्यति नै समृद्ध वन्दै जाने भएकोले कर प्रणालीमा सुधारका लागि कार्यस्थलमा आइपरेको समस्याहरुको पृष्ठपोषण नीति निर्माणका लागि कर्मचारीलाई निर्देश पनि गरे ।
कर्मचारीले तोकिएको कार्यविधिको आधारमा कार्य सम्पादन गर्ने हुंदा त्यसरी कार्य सम्पादन गर्दा देखिएका समस्याका सम्बन्धमा कर्मचारीले पृष्ठपोषण दिएमा नीतिगत एवं कार्यविधिगत सुधार गर्न आफू तयार रहेको उनको भनाई थियो ।
अर्थमन्त्री महराले विभागले अघि सारेका करदाता शिक्षा, करदाताको पहिचान, विद्युतीय भुक्तानी प्रणाली, अन्तशुल्क प्रशासनमा शुरु गर्न लागिएको प्रविधिमा आधारित अनुगमन र परीक्षण, इलेक्ट्रोनिक क्याश रजिष्ट्रर जस्ता कार्यक्रमले कूल राजस्वमा आन्तरिक राजस्वको योगदान बृद्धि हुनुका साथै राजस्व चुहावट समेत रोक्न मद्दत गर्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा राजस्व सचिव श्री राजन खनालले आन्तरिक राजस्व स्थायी प्रकृतिको स्रोत भएकोले कर प्रणालीमा सुधार गर्नु पर्ने र त्यस्तो सुधारको मापदण्ड कर सहभागिता लागत, कर वक्यौता र करवीचको अन्तर, सेवा प्रवाहमा गुणस्तरीयता हुनु पर्ने वताए ।
उक्त अवसरमा विभागका महानिर्देशक श्री चुडामणि शर्माले विभागको समग्र अवस्थाको वारेमा व्रिफिङ गर्नु भएको थियो । यस क्रममा वहांले विभागले प्रशासन गर्ने करहरु, विद्यमान ऐन, कानून, विभागको सांगठनिक संरचना, विभाग र मातहत कार्यालयहरुको जनशक्ति व्यवस्थापन, हाल करको दायरामा आएका करदाताहरुको संख्या, गत आर्थिक वर्षको विभागको लक्ष्य र प्रगतिका वारेमा तथा चालु आर्थिक वर्षको लक्ष्यको वारेमा उपप्रधान एवं अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।
अर्थमन्त्री समक्ष प्रस्तुत गर्नुहुंदै महानिर्देशक शर्माले नीतिगत निर्देशन, अवसरहरुको समन्यायिक वितरण, दक्ष जनशक्तिको निरन्तरता, असल कामका लागि विभागको प्रतिरक्षाका साथै विभाग र कार्यालयहरुमा प्रोत्साहन भत्ताको निरन्तरताको अपेक्षा गरेको वताएका थिए ।
उक्त कार्यक्रममा माननीय उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराका प्रमुख स्वकीय सचिव श्री हिमाल शर्मा, अर्थमन्त्रालय राजस्व व्यवस्थापन महाशाखा प्रमुख श्री लक्ष्मण अर्याल, काठमाडौं उपत्यका भित्रका सवै कार्यालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।