arrow

'स्थानीय निकायको पुनःसंरचना व्यवहारिक हुनुपर्छ'

logo
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
dhamalkohamala.jpeg
काठमाडौँ । विभिन्न राजनीति दलका नेताले सेवा प्रभावलाई सरल बनाउने गरी स्थानीय निकायको पुनःसंरचना गरिनुपर्ने बताएका छन् । 
 
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता भरतबहादुर खड्काले जनतालाई सहज हुने गरी स्थानीय निकायको पुनःसंरचना गर्नुपर्ने बताए । उनले भने , “आयोगले ल्याएको ५६५ पुनःसंरचानाको खाका व्यवहारिक भएन ।” 
 
खड्काले सेवा लिन दुई-तीन दिनको बाटो हिँडेर जान नपर्ने अवस्था बनाउन स्थानीय तह पुनःसंरचना गर्नुपर्ने बताए । खड्काले ९२७ इलाकालाई आधार मानेर पुनःसंरचना गर्दा उपयुक्त हुने सुझाव दिए । 
 
नेकपा (एमाले)का नेता किरण गुरुङले एमाले संविधान कार्यान्वयनको पक्षमा रहेको बताए । गुरुङले भने , “संविधान संशोधनका लागि सरकारले आफ्नो ठोस प्रस्ताव ल्याउनुपर्छ ।” 
 
नेता गुरुङले राज्यको अधिकार स्थानीय तहलाई दिएकाले अधिकार अनुसारको स्थानीय निकाय निर्धारण गरिनुपर्ने बताए । उनले आयोगले ल्याएको ५६५ को सङ्ख्यालाई नेकपा (एमाले)ले समर्थन गरेको स्पष्ट पारे । 
 
प्रधानमन्त्रीका राजनीति सल्लाहकार चक्रपाणि खनालले जिल्लाबाट आउने सुझाव लिएर पुनःसंरचना गरिनुपर्ने बताए ।खनालले जिल्लाबाट आएका सुझावलाई आयोगले समेटेर अगाडि बढ्दा राम्रो हुने धारणा सुनाए । 
 
खनालले मधेसको समस्या समाधान गर्नका लागि संविधान संशोधन गर्न परेपनि गरेर टुङ्ग्याउनुपर्ने बताए । उनले स्थानीय निकायको पुनःसंरचनामाथि राजनीति दलबीच झगडा आए संविधान सङ्कटमा आउने बताए । 
 
आयोगले हिमाली क्षेत्रमा १५ हजार, पहाड र भित्री मधेसमा २५ हजार र तराई र उपत्यकामा ५० हजार जनसङ्ख्याका आधारमा पुनःसंरचना गर्नुपर्ने सुझाव दिएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ