arrow

घुरहुको अज्ञात समूहबाट गोली हानी हत्या

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०७९ भदौ १० शुक्रबार
bullet-goli.jpg

कपिलवस्तु । कपिलवस्तुमा अज्ञात समूहले गोली हानेर एक जनाको  हत्या गरेको छ। हत्या हुनेमा मायादेवी गाँउपालिका(६ मदरहवाका ५५ वर्षीय राम समुझ भन्ने घुरहु पासी रहेको प्रहरीले जनाएको छ । 

पासीलाई मायादेवी गाउँपालिका ५ को एक खाली घरमा गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । अज्ञात समूहले पासीको बायाँ तिघ्रामा गोली हानेको छ । पासीको शव कपिलवस्तु अस्पताल तौलिहवामा पोस्टमर्टमका लागि राखिएको छ । 

गोली हान्ने व्यक्ति फरार रहकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ