arrow

सङ्गीतमा झुमे ओली, नाचे छमछमी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
oli-music.jpg

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीले पाँच तारे होटलमा रात्रीभोज दिएका छन् । तीजको अवसर पारेर अध्यक्ष ‌ओलीले होटल एभरेष्टमा रात्रीभोज दिएका हुन् । 

तीजको अवसर पारेर दिएको भोजमा पार्टीका केन्द्रीय सदस्यहरू सहभागि थिए । केन्द्रीय सदस्यहरुलाई दिएको रात्री भोज हार्मोनियम र गितार बजाएर शुभारम्भ गरेका थिए । अध्यक्ष ओली गिटार र हार्मोनियम बजाउँदा सुवास नेम्बाङ र राधिका शाक्य स्टेजमा थिए । हार्मोनियम बजाउँदै उनले गाउने कोसिस समेत गरेका थिए। 

शनिबार दिउँसो केन्द्रीय कमिटी बैठक सकिएपछि बेलुका रात्रिभोज आयोजना गरिएको हो। 

केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको थियो ।

कमिटीका सदस्यहरुका लागि आयोजना गरिएको कार्यक्रममा ओली छमछमी नाचे । ओली नाचेसँगै पार्टीका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरुले पनि नाचे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ