arrow

ओलीको नाटक र नौटङ्की चल्दैन : प्रचण्ड

आफू राष्ट्रवादी भइने र अरू राष्ट्रवादी नहुने भन्ने नसोच्न ओलीलाई सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
oli-prachanda3.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर नागरिकता विधेयक ल्याएका एमाले अध्यक्ष केपी शर्मा ओलीले  विरोध गर्नु नाटक र नौटङ्की रहेको टिप्पणी गरेका छन् । 

प्रचण्डले ६ महिनासम्म जोड गर्दा पनि ओली सहमत नभई संसद विघटन गरेर अध्यादेशबाट अहिलेको जस्तै विधेयक ल्याएको बताउँदै उनले नै विरोध गरेर बस्नु नाटक र नौटङ्की रहेको आरोप लगाएका हुन् । 

उनले भने,' वैवाहिक अङ्गीकृतको विधेयक ल्याउनभन्दा ६ महिना सिरानी मुनि हालेर बस्ने, संसद विघटन गरेर त्यही ल्याउने जो अहिलेको सरकारले ल्यायो । फेरी उनीहरूले नै विरोध गरेर बस्ने, यो बडो नाटक, नौटङ्की प्रस्ट भयो नि ।

उनले विधेयकमा नागरिकताबाट वञ्चित भएका झण्डै ७ लाखलाई नागरिकता दिने मात्रै रहेको बताउँदै वैवाहिक अङ्गीकृत विषय समावेश नभएको बताए । 
 
प्रचण्डले वैवाहिक अङ्गीकृतको विषयपछि आफू राष्ट्रवादी भइने र अरू राष्ट्रवादी नहुने भन्ने नसोच्न ओलीलाई सुझाव दिएका छन् ।  उनले भने,'  पहिल्यैको वैवाहिक अङ्गीकृतको भनेपछि हामी राष्ट्रवादी भइन्छ । अरू पार्टीहरू राष्ट्रवादी हुँदैनन् । भनेर नाकाबन्दी जस्तो सोचे होलान् केपी ओली ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ