arrow

तीजको नाच भइरहेको ठाउँमा चट्याङ लागेर दुई महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
lighting-thundering.jpg

दाङ । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गएराति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका-१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् ।

उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । 

घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए ।



नयाँ