काठमाडौं। राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठक परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको जनसम्पर्क तथा प्रेस संयोजकमा नियुक्त भएका छन्। राससमा अन्तर्राष्ट्रिय समाचार डेक्सका प्रमुख पाठकलाई मन्त्री डा. महतको सचिवालयमा रा.प. प्रथम श्रेणी सरह नियुक्त गरिएको हो।
पाठकले त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय प्राध्यापन छन्। उनका नेपाली पत्रकारिता र सूचनाको हकसम्बन्धी पुस्तकहरु प्रकाशित छन्।
पाठकसँग पूर्वाञ्चल विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषदमा आमसञ्चार तथा पत्रकारिता विषयमा विषय समितिको सदस्यका रुपमा काम गरेको अनुभव छ।
नेपाली पत्रकारिता र सूचनाको हकका क्षेत्रमा अध्ययन अनुसन्धानमा संलग्न पाठकका विभिन्न पत्रपत्रिका, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अनुसन्धानमूलक र प्राज्ञिक जर्नलहरुमा लेखहरु प्रकाशित छन्।
बाग्लुङ्ग जिल्लाको अमलाचौरमा विसं २०३१ फागुनमा जन्मिनुभएका पाठक २० वर्षदेखि नेपाली पत्रकारितामा सक्रिय छन्। रासस