बाग्लुङ । बाग्लुङ्गको पश्चिम क्षेत्र अन्तर्गत रिघा गाविस वडा नं. १ मा रहेको ठूलोपोखरीको संरक्षण र प्रवद्र्धन गर्न देशविदेशमा रहेका युवाहरु जुटेका छन् ।
वि.स २०१३ सालमा तत्कालिन स्व.मुखिया मोतिप्रसाद श्रीसको सक्रियतामा गाँउमा नजिकै खानेपानीका श्रोतहरु नभएपछि मानिस तथा गाईवस्तुलाई पानीको समस्या टार्न पोखरी खनेर पानी संकलन गर्न थालेका थिए । बैकल्पिक उपायको रुपमा स्व.मुखिया श्रीसले १९२ बर्ग मिटर फैलावट गरी ठूलोपोखरी निर्माण गरिएको बुढापाकाहरुको भनाई छ ।
हाल आएर झण्डै ६० बर्ष पछाडी ऐतिहासिक पुरानो पोखरीको संरक्षण र प्रर्वद्धनको लागि जुनेली सामुदायिक वन उपभोक्क्ता समूह रिघाका अध्यक्ष तथा युवा समाजसेवी अध्यक्ष दिपक श्रीस र उपभोक्क्ता समूहकै कोषाध्यक्ष रामनाथ पुन लगायतको सकृयतामा गाबिसवासीहरु संरक्षणमा जुटेका हुन् । आर्थिक संकलन गरी मर्मत सम्भारमा समेत जुटेका छन् ।
अध्यक्ष दिपक श्रीसले भन्नुभयो हामी इतिहास जोगाउन चाहन्छौ अग्रज पुस्ताहरुले गाँउमा गरेका कार्यको सम्मान गदै यस्ता ऐतिहासिक ठूलोपोखरीलाई जिवन्त राखि रिघाबासीको इतिहास तथा पहिचान झल्कने गरि यसको संरक्षमा आफूहरु जुटेको बताए ।
साथ उक्क्त पोखरी मर्मत कार्यको लागि संसद विकास कोषबाट रु.२ लाख,५० हजार, जुनेली सामुदायिक वन उपभोक्क्ता समूहबाट ६५ हजार, रिघा १ निवासी हाल रोजगारीको लागि कोरियामा कार्यरत टिका श्रीस र वडा नं.का २ निवासी लोक श्रीसबाट सयुक्त रुपमा ५० हजार, यूकेमा रहेका रिघाली भाइवर ग्रुपबाट रु.१ लाख, गरि करिव रु. ४ लाख, ६५ हजार बरावरको लागतमा पोखरीको पक्की पर्खाल निर्माण सम्पन्न गरिएको समूहका कोषाध्यक्ष रामनाथ पुनले जानकारी दिए ।
अझ भावी दिनमा पोखरीलाई अझ व्यवस्थित गर्न वरिपरि तारजाली र खानेपानी ल्याउन आवश्यकता रहेको त्यसको लागि सम्पूर्ण रिघाबासी देशविदेशमा रहनुभएका सम्पूर्ण युवाहरुलाई सहयोग गरिदिन समेत अध्यक्ष श्रीसले आग्रह गर्नु भएको छ ।
अधिकांश मगर समुदायको बाहुल्यता रहेता पनि रिघाबासीको ठूलोपोखरी सबैको आस्थाको केन्द्र बन्दै आएको छ ।
विशेषगरि पोखरीको विशेषता भनेकै पोखरीमा हिउँद तथा बर्षामा पनि कहिल्यै पनि पोखरीको पानी नसुक्ने र ठूलो पोखरी भएको हुदाँ सुन्दर र दृश्यवलोकन र प्रत्येक बैशाखे पूर्णिमा र जनैपूर्णिमाको दिन उत्तरगंगा बराहको पूजा आरधना गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक जनविश्वास रहदै आएको छ ।
विशेष गरि श्रीपञ्चमी र माघेसंक्रान्तिको दिन मगर समुदायहरुले पोखरीमा तारो हान्ने खेल खेल्ने समेत खेल्ने गरिन्छ ।
तर अहिले भूकम्पका कारण भने पोखरीको पानीको केहि मात्रा घटेकोले पोखरी मर्मत संम्भारमा विशेष ध्यान दिएको अध्यक्ष श्रीसले जानकारी दिए ।