arrow

प्रजातान्त्रिक समाजवाद कै कारण मुलुकमा विकास भएको छ : डा महत

logo
प्रकाशित २०७३ भदौ १८ शनिबार
Dr-Ram-Sharan-Mahat.jpg.jpeg
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. रामशरण महतले मुलुक प्रजातान्त्रिक समाजवादको पद्दतिमा अगाडि बढिरहेको बताएका छन् । 
 
प्रजातान्त्रिक सम्वर्द्धन केन्द्रले शनिवार आयोजना गरेको ‘नेपाल निर्माणमा प्रजातान्त्रिक समाजवादको आधार’ विषयक अन्तक्रियामा बोल्दै डा महतले प्रजातान्त्रिक समाजवादका कारण ग्रामीण क्षेत्रमा मोटर बाटो, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सुविधा पुगेको बताए । 
 
उनले भने, “आजभन्दा २५ वर्ष पहिला ४० प्रतिशत जनताले शुद्ध खानेपानी पिउन पाउँथे अहिले ८५ प्रतिशत पुगेको छ, प्रतिव्यक्ति आयु ५४ वर्ष थियो अहिले ७१ वर्ष पुगेको छ, गरिबी ४९ प्रतिशत थियो अहिले २३ प्रतिशत पुगेको छ यो सबै प्रजातान्त्रिक समाजवादको उपलब्धि हो ।” 
 
डा महतले नेपाली काँग्रेसको सरकारले प्रजातान्त्रिक समाजवादको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको पनि स्पष्ट पारे । 
 
नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुषालले चुनावमा पैसा दिएर भोट किन्ने प्रवृत्ति वा जाँडरक्सी खुवाउने प्रवृत्तिले प्रजातान्त्रिक समाजवादको रक्षा हुन नसक्ने बताए । उनले भने, “प्रजातान्त्रिक समाजवादको रक्षा गर्ने हो भने राजनीति दलबीच एकता हुनु आवश्यक छ ।” 
 
नेता भुषालले संविधान कार्यान्वयन भएर देशलाई विकासको बाटोमा अगाडि बढाए मात्र प्रजातान्त्रिक समाजवादको रक्षा हुने स्पष्ट पारे। नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले राजनीति दलका नेता पदमा पुगेपछि प्रजातान्त्रिक समाजवादको नारा बिर्सने गरेको आरोप लगाए । गुरुङले जनतालाई अभाव र देशलाई सङ्कटमा राखेर प्रजातन्त्र संस्थागत हुन नसक्ने स्पष्ट पारे। 
 
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य किरण यादवले मधेसमा देखिएको आन्दोलनलाई नटुङ्ग्याएसम्म प्रजातान्त्रिक समाजवाद अगाडि बढ्ननसक्ने बताए । यादवले सामाजिक लोकतान्त्रिक पद्दतिलाई अङ्गिकार गरेर अगाडि बढेमात्र मुलुक अगाडि बढ्ने बताए। 
 
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले समाजवादी धारामा संविधान निर्माण भएकाले यसै आधारमा कानुन निर्माण गर्नुपर्ने बताए । महरले वर्षेपिच्छे सरकार बदलिएर लोकतान्त्रिक समाजवादको रक्षा नहुने स्पष्ट पारे।
 
सम्वर्द्धन  केन्द्रका अध्यक्ष डा जगदिशचन्द्र पोखरेलले मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक पक्षको विकासका लागि लोकतान्त्रिक समाजवादको पद्दतिलाई अगाल्नु आवश्यक रहेको उल्लेख गरे। रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ