arrow

१७ महिनामा तीन निर्वाचन गर्नु चुनौतीपूर्ण : प्रकाशमान

मधेसको समस्याप्रति सरकार संवेदनशील हुनु पर्छ

logo
प्रकाशित २०७३ भदौ १८ शनिबार
prakashman-singh.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १७ महिनाभित्र तीनवटै निकायको निर्वाचन गराउनु अत्यन्तै चुनौतीपूर्ण हुने बताएका छन् । 
 
‘डोको नेपाल’ नामक संस्थाले बुद्धनगरमा गरेको ‘शैक्षिक सम्मान कार्यक्रम’मा नेता सिंहले छोटो समयमा धेरै निर्वाचन गराउनुपरेकाले दलहरुबीच एकताको आवश्यकता रहेको बताए ।
 
उनले भने, ‘सीमाङ्कनमा देखिएका समस्यालाई राजनीतिक दलका नेता बसेर चाँडो समाधान गर्नुपर्छ ।’ 
 
नेता सिंहले मधेसका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राखे । उनले संविधान कार्यान्वयनमा जुट्न सबै राजनीतिक दललाई आग्रहसमेत गरे । 
 
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंहले संविधान कार्यान्वयन गरी मुलुकलाई विकासको बाटोमा लैजानु अहिलेको आवश्यकता रहेको स्पष्ट पारे । 
 
उनले शिक्षा जनताको अपेक्षाअनुरुप हुन नसकेको भन्दै शिक्षालाई समयानुकूल परिमार्जन गर्दे लैजानुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ