arrow

झोलुङ्गे पुल बगाउदाँ बालबालिकालाई सास्ती

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ भदौ १८ शनिबार
bhajangsss.jpeg
बझाङ । बाहुली खोलाको झोलुङ्गे पुल बगाए पछि सदरमुकाम चैनपुरमा पढ्ने बालबालिकाहरुलाई समस्या  भएको छ । झोलुङ्गे पुल हुदाँ छिटो विद्यालयमा पुग्ने वालवालीकाहरु अहिले ढिलो पुग्ने गरेका छन् भने हिड्नका लागी उनिहरु लाई समस्या हुने गरेको छ । बाहुली गाड पारीका सुबेडा, सिमखेत, नौरा, देबलका बालबालीकाहरु यसको प्रत्यक्ष मारमा परेका छ्न् । 
 
 पुलहुदाँ आधा घण्टामा पुग्ने वालबालीकाहरु अहिले एकघण्टा हिड्नु पर्ने समस्या छ । वालवालीकाहरु आधा घण्टामाथी पक्कीपुल भएर हाल आवत जावत गर्ने गरेका छन् । सिमखेतका विरेन्द्र धामीले बाहुली खोलाको  झोलुङ्गे पुल बगाएर बच्चाहरुमा साह्रै समस्या भएको वताउनु भयो । उहाँले भन्नु भयो पुल वगाएपछि बसपार्क माथीको बाटो चौरको भिरको वाटो प्रशासन कार्यालय पछाडीको नहरको वाटोमा वालबालीकाहरु लाई समस्या हुने गरेको छ । 
पहिले केटाकेटि आफै चैनपुर जान सक्थे सुबेडाकी रुपा जोशिले भनिन्, 'अहिले आफुले घरको काम सबै छोडेर पनि छोरालाइ  विद्यालय छोड्न र लिन सधै जानु पर्छ । ३० मिनेटमा सदरमुकाम चैनपुरको सेती साईपाल एकेडेमी बोडीङ् स्कुलमा पुगीन्थ्यो अहीले डेड घण्टा हिड्नु पर्छ ।' सडकमा गाडी गुडी रहेका हुन्छन् कती बेला दुर्घटना हुन्छ थाहा हुदैन डर लाग्छ उनले सुनाइन् । सडकमा स साना बालबालीकाहरु हिडी रहेका बेलामा गाडी चालकहरुले समेत गाडी स्पीड हाक्छन झन डर लाग्छ त्यसैले हिड्न सक्ने बालबालीका संग समेत सबैका अभिभावकहरु आ आफ्नो घरको काम छोडेर भए पनी स साना बालबालीकाहरुलाई विद्यालय पुर्याउनु पर्ने अभिभावको गुनासो छ ।
 बालबालीकाहरु लामो बाटो भएका कारणले हिड्न समेत सक्दैनन् त्यसैले बोकेरै भए पनी विद्यलाय पुर्याउनै पर्छ स्थानीय राम बहादुर धामीले बताए । सुदुरपश्चिमाञ्चल विद्या सदनकी प्रिन्सिपल सरस्वति ढुङ्गेल खोलाको पुल बगाउदाँ बच्चाहरुमा समस्या भएको वताइन् ।  विद्यार्थीहरु कक्षा कोठामा आई सके पछि पढाई सुरु गर्छौ, स साना बालबालीकाहरु कक्षा सन्चालन भएको केही समय पछि कक्षा कोठामै सुती दिन्छन् सायद टाढाको बाटो हिड्दा हिड्दै थाकेर होलाल पहिला राम्रो संग पढ्ने विद्यार्थी समेत अहिले कक्षा कोठामा नै सुत्छन् उनले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ