काठमाडौं । एक सर्वेक्षणले एशिया लगायतका विश्वका अधिकांश विकासशील मुलुकमा भ्रष्टाचार र सरकारी निकायमा देखिएको अपारदर्शिताको कारणले गर्दा ६० प्रतिशत मानिस अवसरबाट वञ्चित रहेको एक प्रतिवेदनले देखाएको छ ।
१ सय ८१ देशका २६ हजार मानिसमा गरिएको सर्वेक्षणमा ६०%ले अपारदर्शिता र भ्रष्टाचार नै अवसरबाट बञ्चित हुने प्रमुख कारण भनेका छन्। विश्वका पाँच क्षेत्र अफ्रिका, उत्तर-दक्षिण अमेरिका, एशिया, युरोप र ओसेनियामा उक्त सर्वेक्षण गरिएको थियो।
वर्ड इकोनोमिक फोरमले गरेको वार्षिक सर्भेक्षण २०१६मा अफ्रिका अमेरिका, युरोप, ओसिनिया र एशियामा गरिएको सर्भेक्षणले ६० प्रतिशत मानिस सरकारी भ्रष्टाचार र अपारदर्शिताको शिकार बनेको बताएको जनाएको छ । गरिब देशहरुमा भ्रष्टाचार भयावह रहेको कारणले समानताको अवधारणाले आफ्नो रुप लिन सकेको छैन्।
त्यस्तै समान अवसरको दोस्रो अवरोधको रूपमा गुणस्तरीय शिक्षा रहेको पनि प्रतिवेदनले औल्याएको छ । विश्वभर ५ करोड ७० लाख बालबालिका विद्यालय जानबाट बञ्चित रहेका छन्। जुन समान औसरकालागि एउटा डरलाग्दो तगारो रहेको छ।
विशेष गरी अफ्रिका र अमेरिकामा गुणस्तरीय शिक्षाकै कारण असमानता चुँलिने गरेको पनि प्रतिवेदनले औल्याएको छ ।
त्यस्तै असमान स्वास्थ्य सेवाको मुख्य कारक विषयको रूपमा भने विभेद, राजनीतिक आदर्श, सरकारी नीति तथा नियमहरू, धर्म आदि रहेको प्रतिवेदनमा उल्लेख छ ।
कूल १ सय ८१ मुलुकका २६ हजार सहभागीमा गरिएको अध्ययनबाठ यस्तो निष्कर्ष निकालिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।