arrow

प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेटघाट  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
sher-bahadur-deuba-manoj-pandey.jpg

 काठमाडौं । प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले भेटेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा गत भदौ १९ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहेका पाण्डेले दिउँसो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन् । 

पाण्डे देउवालाई भेट्न प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेका थिए । सेनाध्यक्ष पाण्डेले आज बिहान माउण्टेन फ्लाइट गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसपछि उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी उक्त कलेजको वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल गरेका थिए । 

भ्रमणकै क्रममा उनले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका थिए । साथै सेनाध्यक्ष पाण्डेले बुधबार मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरी सोही दिन पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

पाँच दिने भ्रमणका लागि गत आइतबार आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनापतिको दज्र्यानी चिन्हसमेत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ