बाल यौनदुरुपयोगमा पल शाह दोषी, अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति दिनुपर्ने
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
2.4k
Shares
काठमाडौं । नवलपुर जिल्ला अदालतले बाल यौनदुरुपयोग आरोपी पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार अभिनेता शाहलाई अढाई वर्ष जेल सजाय सुनाएको हो ।
अदालतले र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसलासमेत गरेको छ । २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय सुनाइएको हो । एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
शाहविरुद्ध नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी परेको थियो ।