arrow

विकास समितिमा पठाइयो मिडिया काउन्सिल विधेयक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभाले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विकास तथा प्रविधि समितिमा पठाएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो ।

विधेयकमा केही पत्रकारसम्बन्धी विवादास्पद प्रावधान रहेकाले संशोधन गर्न नेपाल पत्रकार महासंघसहित सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गर्दै आएका थिए । 

प्रमुख प्रतिपक्ष दल एमालेले पनि मिडिया काउन्सिल विधेयकको प्रावधानप्रति आपत्ति जनाएको थियो । नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिडिया काउन्सिल विधेयकमा रहेका विवादास्पद प्रावधान सच्याउने प्रतिबद्धतासमेत जनाएका थिए । 

सोही कारण आजको प्रतिनिधि सभा बैठकले विधेयकलाई फेरि विकास तथा प्रविधि समितिमा पठाएको हो । प्रतिनिधि सभाको अर्को बैठक आगामी शनिबार दिउँसो १ बजे बस्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ