arrow

रुपन्देही २ मा अधिवक्ता पोख्रेलको चर्चा

logo
नारायण वली,
प्रकाशित २०७९ भदौ २५ शनिबार
pokhrel.jpg

रुपन्देही । कानूनी क्षेत्रलाई व्यावसायिक रुपमा लामो समयदेखि अंगाल्दै आएका बुटवलका अधिवक्ता कृष्णप्रसाद पोख्रेल संघीय चुनावका लागि नेपाली कांग्रेसको रुपन्देही २ बाट उनीसहित तीन जनाकोसमेत नाम सिफारिसमा परेको छ । 

०४८ तिर बुटवल बहुमुखी क्याम्पसमा भर्ना भएका अधिवक्ता पोख्रेल मावि तहको कक्षा १० मा पढ्ने बेलादेखि नै अर्घाखाँचीको आदर्श माविबाट राजनीतिक यात्रामा प्रवेश गरेको उनी बताउँछन् । बुटवल झरेका उनले कानून विषय लिएर क्याम्पसमा जोडिए । अहिले बुटवलका प्रभावशाली अर्थात् सफल व्यावसायिक अधिवक्ता मानिन्छन् ।  

अध्ययनलाई हालसम्म पनि सँगसँगै लगेका उनी जिल्लामा सबैभन्दा बढी मुद्धा हेर्ने कानून व्यवसायीको रुपमा परिचित छन् । ०४९ सालमा बुटवल बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सदस्य पदमा भिडेर राजनीतिक निर्वाचनको पहिलो अनुभव संगालेका पोख्रेल, नेविसंघ रुपन्देहीको जिल्ला सदस्य हुँदै नेपाल बारको पुनरावेदन अदालत बारको सचिव पदमासमेत निर्वाचित भएर काम गरेको बताउँछन् । 

हरेक निर्वाचनमा पटक–पटक जितेर देश र जनताको पक्षमा भन्दा पनि नातावाद, कृपावाद, लम्पसारवादले पछिल्लो समय पुरानै अनुहारका नेताहरुलाई जिताएमा देशको अवस्था थप जटिलता तर्फ जाने चिन्ताले आफुले देशको मध्यभागमा पर्ने देशको आर्थिक क्षेत्रको रुपमा अगाडि वढ्दै गएको जिल्ला, रुपन्देही क्षेत्र न–२ को लागि आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका लागि नाम सिफारिसमा परेको र यद्यपि चुनावी क्षेत्र विभाजन गर्ने कार्यसमितिले टिकट दिएमा आफुले पार्टी र गठबन्धनको प्रतिष्ठा जोगाउने दाबी गरे । अधिवक्ता पोख्रेलले स्थानीय तहमा गठबन्धनले एमालेको किल्ला भत्काउन सफल भएको भन्दै, काँग्रेसीहरुको क्रेज राम्रो रहेको बताए ।

पटक–पटक एउटै व्यक्ति नेतृत्वमा जानु भनेको नेतृत्व विकास गर्न नखोज्ने प्रवृत्तिको विरोध गर्नुपर्ने भन्दै नयाँ अनुहारले पनि नेतृत्व गर्ने अवसर दिनुपर्ने अपिल गरे । भ्रष्टाचारले पछिल्लो समय देशको अवस्था दलदलमा पुगेको वताउँदै, सर्वप्रथम त भ्रष्टाचारको अन्त्य गर्न जरुरी रहेको छ, त्यसका लागि राज्यको निति निर्माण सहि रुपमा वनाउन आवश्यक रहेको छ । शिक्षा र स्वास्थ्यका लागि राज्यले निःशुल्क निति निर्माण गरेर लागू गरेमा ९० प्रतिशत भ्रष्टाचारलाई निरुत्साहित हुने भएकाले आफ नेतृत्व तहमा पुगेमा सबैभन्दा पहिले भ्रष्टाचार उन्मुलनका लागि राज्यको निति निर्माणलाई चुस्त वनाउन तर्फ लाग्ने जिकिर गरे ।  

उनले भने, एमाले पार्टीले यस क्षेत्रमा विगतदेखि चुनाव जित्दै आएका विष्णु पौडेललाई नै एकलरुपमा अगाडि सारेको छ । तर, हाम्रो गठबन्धनले अहिले सम्म टुङ्गाउन सकेको छैन । भन्छन्– म कार्यसमितिलाई आग्रह गर्न चाहन्छु कि रुपन्देही क्षेत्र न–२ मा गठबन्धनको जित सुनिश्चित गर्नका लागि निकै गम्भीर भएर संगठनको बलियो आधार र स्थानिय तहको निर्वाचनलाई अध्ययन गरेर मात्रै प्रतिनिधि छान्न आग्रह गर्दछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ