एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले लेखे शोक पुस्तिकामा शोक सन्देश
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
1.8k
Shares
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यहाँस्थित संयुक्त अधिराज्य बेलायतको राजदूतावास पुगेर बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज दूतावास पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा यही भदौ २३ गते राति निधन भएको हो ।