arrow

बिरामी मितलाई भेटे प्रधानमन्त्री देउवाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
deuba-narabahadur-balayar-meet.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । माध्यमिक शिक्षा सँगै लिएका देउवा र बलायरले उच्च अध्ययनका लागि काठमाडौं आएर १० वर्ष एउटै कोठामा बिताएका थिए । बिरामी बलायर पूर्वमन्त्री वीरबहादुर बलायरका जेठो दाजु हुन् ।



नयाँ