arrow

चन्द्रमा पुगेका बज एड्रिन मङ्गलबार नेपाल आउदै

logo
प्रकाशित २०७३ भदौ १९ आइतबार
buzz-aldrin-2-story-top.jpeg
पथरी (मोरङ),। चन्द्रमामा पुगेर मानव पाइला राख्ने नील आर्मस्ट्रङ्गसँगै अर्का यात्री बज एड्रिन मङ्गलबार विराटनगर आउने भएका छन् । पहिलो अन्तरिक्ष यान एपोलो–११ मार्फत उनि पनि चन्द्रमामा पुगेका थिए । 
 
सुनसरीको सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरमा आयोजना हुने तय भएको कार्यक्रममा नेपालीलाई आफ्नो चन्द्रमाको अनुभव सुनाउन उनि मङ्गलबार विराटनगर आउन लागेको एभरेस्ट साइन्स सेन्टरका निर्देशक दिलीप अधिकारीले जानकारी दिए । अन्तरिक्ष यात्री सोमबार काठमाडौँ आइपुग्नेछन् । 
 
एल्ड्रिनले मङ्गलबार ठूलो सङ्ख्यामा विद्यार्थीमाझ चन्द्रमामा पाइला राख्दाको अनुभव सुनाउनु हुनेछन् भने मङ्गल ग्रहमा बस्ती बसाउन सकिने योजनाबारे पनि आफ्नो योजनाबारे प्रस्ट पार्नेछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ