arrow

मोरङको रमिते खोलाबाट ३० किलोवाट विद्युत निकाल्ने तयारी

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ भदौ १९ आइतबार
Nepal-Electricity-Authority.jpeg
विराटनगर । जिल्ला विकास समिति मोरङले विश्व बैंकको सहयोगमा रमिते खोलामा ३० किलोवाट क्षमताको विद्युत उत्पादनका लागि काम अघि बढाएको छ । राष्ट्रिय प्रसारण लाइन पुुग्न नसकेका ठाउँहरुमा विद्युत विस्तार गर्ने उदेश्यले रमिते खोलामा मिनिग्रिड स्थापना गरेर विद्युुत उत्तपादन गर्न लागिएको हो ।
 
रमिते–२ स्थित बैकुुन्ठ बजार नजिकको सो खोलामा दुई वर्ष भित्र सम्पन्न हुनेगरी काम शुरु गरिएको स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले बताए । मैनालीले भने, ‘काम सम्पन्न भएपछि उत्पादित्त विद्युतबाट एउटा मिल, विभिन्न विद्यालयमा कम्प्युटर तथा सो क्षेत्रका ६० परिवारलाई सहजै विद्युतसेवा पुग्ने छ ।’  
 
उज्यालो कार्यक्रम अन्र्तगत  १ करोड ६० लाख रुपैँयाको लागतमा विद्युत उत्तपादन गर्न लागिएको हो ।  त्यसका लागि विश्व बैंकको ९० प्रतिशत बाँकी जिल्ला विकास समिति, वैकल्पिक ऊर्जा कार्यक्रम तथा स्थानीय उपभोक्ताको सहयोग रहने जनाइएको छ ।
 
जिल्ला विकास समिति, वैकल्पिक ऊर्जा तथा विश्व बैंक र स्थानीय उपभोक्ताबीच विद्युत उत्पादका लागि सम्झौता भई काम अघि बढाइएको जिल्ला विकास समितिका ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहले बताए । उनले सबै प्रक्रिया पुरा गरेर अहिले टेण्डरको कामलाई अघि बढाएको जानकारी समेत दिए । 
 
राष्ट्रिय प्रसारण लाइन पुुग्न नसक्ने स्थानहरुलाई छनोट गरेर जिविसले मोरङ जिल्लाका विभिन्न स्थानमा विद्युुत उत्पादनको कामलाई अघि बढाएको सिंहको भनाई छ । यसअघि, उत्तरी मोरङ्को वारंगी गाविस समेत १० किलोवाटको पिको हाइड्रोपावर संचालनमा आएको छ । सो हाइड्रोपावरबाट ३५ परिवार लाभान्भित भएका छन् । यसैगरी, उत्तरी मोरङ्का विभिन्न गाविसमा हावावाट विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्यन समेत भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ