प्रधानमन्त्रीका स्वकीय थापालाई डेंगी, अस्पतालमा उपचार
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
1.3k
Shares
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय विरेन्द्रबहादुर थापालाई डेंगी भएको छ । उनलाई डेंगी देखिएपछि गत मंगलबारदेखि सशस्त्र प्रहरी बल एपीएफको अस्पताल बलम्बुमा उपचार भइरहेको छ ।
बलम्बु अस्पताल स्रोतका अनुसार उनको अवस्थामा सुधार आएको छ । स्रोतले भन्यो, ‘मंगलबार ल्याउँदा स्थिति अलि गम्भीर थियो अहिले त धेरै सुधार भएको छ । स्थिति सामान्यतर्फ उन्मुख भइरहेको छ ।’
डडेलधुराका उनी चुनावकाे धपेडीका बेलामा संक्रमित भएका हुन् ।
नेपालमा डेंगी संक्रमितको संख्या ११ हजार नाघिसकेको छ । लामखुट्टेको टोकाइबाट फैलने यो डेंगी रोक्नका लागि सरकारी तहबाट खासै गम्भीर तरिकाले कार्यक्रम चलाइएको छैन । जसको असर अहिले घरघरमा देखिन थालेको छ ।