arrow

आंशिक माग पूरा हुने भएपछि अपांगता भएकाहरुको आन्दोलन स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
disabled-election-commission-2079-05-30.jpg

काठमाडौं । अपांगता भएकाहरुको आन्दोलन स्थगित भएको छ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिक निर्वाचनमा अपांगता भएकाहरुको प्रतिनिधित्व सुनिश्चित हुने आश्वासन दिएपछि अपांगता भएकाहरुको आन्दोलन हाललाई स्थगित गरिएको हो । 

राष्ट्रिय लोकतान्त्रिक अपांग संघका निवर्तमान अध्यक्ष भोजराज श्रेष्ठले आन्दोलन तत्कालका लागि स्थागित भएको बताए । उनले भने, ‘निर्वाचन आयोगको निर्देशिकाको अनुसूचीमा अपांगता थप्ने भन्ने प्रस्ताव जाने भयो । पिछडिएको क्षेत्र, अल्पसंख्यक वा अपांगता भनिएकामा वा हटाउने भन्ने कुरा आयो । धारा १३ को १४ हटाउने कुरा भएको छ ।’

उनले संविधानको धारा ८४ र १७६ अन्तर्गत गर्ने भनेपछि अपांगता भएकाहरु पनि समावेशीमा पर्ने भएकाले त्यही आधारमा आन्दोलन स्थगित गरेको जानकारी दिए । 

अपांगता भएकाहरुका अभियन्ता माधवप्रसाद चम्लागाईँले संविधानको मर्म र भावना विपरीत ऐन लगायत निर्वाचनमा भएका कानूनहरु आएकाले आफूहरु कानूनी लडाइँ लडिरहने तर तत्कालका लागि आंशिक मागहरु संवोधन गर्ने आश्वासन पाएपछि आन्दोलन स्थगित गरेको बताए । 

 

बिहीबार विभिन्न संघसंस्थाका नेताहरु निर्वाचन आयोगमा धर्ना तथा आन्दोलनका लागि पुगेकामा आयोगले दिएको आश्वासनसँगै आन्दोलन स्थगित भएको हो ।

निर्वाचन आयोगको नेतृत्व तहले प्रक्रियामा अगाडि बढेकाले तुरुन्त माग पूरा गर्ने आश्वासन दिएको छ ।

 

तर माग पूरा नभए फेरि आन्दोलन गर्ने आन्दोलनरत नेतृत्वकर्ताहरुको भनाइ छ । शुक्रबारसम्म संशोधनको समय दिने र संशोधन नभए फेरि आन्दोलनका कार्यक्रम ल्याउने पनि उनीहरुको भनाइ छ । 

खरो रुपमा उत्रिएका अपांगता भएकाहरुको विभिन्न संस्था एवं पार्टीका भ्रातृ संस्थाहरुले आफूहरुले संविधानले दिएको अधिकारको प्रयोग गरेरै छाड्ने दृढता लिएका छन् । 

माग पूरा नभए चुनावमा भोट बहिस्कार गर्नेसम्मको आवस्था आउने उनीहरुले बताउँदै आएका छन् । बिहीबारको आन्दोलनमा निर्वाचन आयोगमा नेपाल राष्ट्रिय अपांग महासंघका अध्यक्ष मित्रलाल शर्मा, विकास थापा, गोमा पौडेल, कल्पना खड्का, गणेश केसी, असिम लम्साल, नविन ढुङ्गेल लगायतका विभिन्न संघ संस्थाका व्यक्तिहरु रहेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ