arrow

डा शर्माको निरन्तर निःशुल्क स्वास्थ्य शिविर, हजारौं बिरामी लाभान्वित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
dr-sunil-sharma-free-medical-camp.jpg

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं कांग्रेस नेता डा.सुनील शर्माको पछिल्लो निरन्तरको निःशुल्क स्वास्थ्य शिविरका कारण हजारौं बिरामी लाभान्वित भइरहेका छन् । 

यो साता निकै नै सक्रिय भइरहेका शर्माले दैनिक एकदेखि तीन वटासम्म निः शुल्क शिविर चलाउँदै आएका छन् । उनले बिहीवार मोरङको क्षेत्र नं. ३ का तीन छुट्टा छुट्टै स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराए । 

डा.शर्माले नोबेल अस्पतालमार्फत सुन्दरहरैंचा वडा नंम्बर १०, १२ र बेलबारी–१० भाउन्नेमा शिविर सञ्चालन गराएका हुन् । तीन वटा शिविरबाट एक हजार ५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालले जनाएको छ । 

सुन्दरहरैंचा–१२ मा  आयोजित शिविरमा ९५ जनाको इसीजी, १०५ जनाको रक्त परीक्षण, ९७ जनाको भिडियो एक्सरे र ११ जनाको दाँत खोलिएको छ । नोबेलका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्री रोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदीसहित डाक्टरहरुको टोलीले शिविरमा आएका ४५३ विरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।

त्यस्तै ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर बेलबारी नगरपालिका वडा नम्बर १० स्थित भाउन्नेमा शिविर सञ्चालन गरिएको छ । शिविरमा २५३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ६१ जनाको ईसीजी, ८५ जनाको रक्त परीक्षण र १०७ जनाको भिडियो एक्सरे गरिएको छ । 

त्यस्तै दाँतमा समस्या भएका २३ जनाको दाँत फुकालिएको छ । नोबेलका मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल र स्त्री रोग विशेषज्ञ डा.प्रतिमा काफ्ले नेतृत्वको डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो ।
    
यता, बालबालिकालाई लक्षित गरी सुन्दरहरैंचा–१० स्थित मदर किन्डर गार्डेन बोर्डिङ स्कुलमा पनि शिविर सञ्चालन गरिएको छ । शिविरमा ३४७ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।  तीन वटै शिविरबाट थप उपचारका लागि १२४ जना बिरामीलाई नोबेल अस्पताल रेफर गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । रेफर भएका बिरामीहरुलाई डा. शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात घर पुर्र्याउने व्यवस्था मिलाइदिएका छन् ।

बेलवारी घर भएका डा.शर्माले आफ्नो चुनावी क्षेत्रसमेत रहेको क्षेत्र नं. ३ मा वर्षांै अघिदेखि नोबेल मार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् । 

समाजसेवाका माध्यमबाट लोकप्रियता कमाएका डा. शर्मालाई अहिले नेपाली कांग्रेसले सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार बनाउँन सर्वसम्मत सिफारिस गरेको छ । 

डा. शर्मा गत प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेद्वार थिए, तर पराजित भए । चुनाव हारेर पनि डा. शर्मा सो क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहेका छन् । 

जसका कारण उनको लोकप्रियता दिन प्रतिदिन बढिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ