arrow

डा सुनील शर्माले मुटुरोगी चौधरीको गरे निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
dr-sunil-sharma-birami-kalicharan-chaudhary.jpg

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनील शर्माले मोरङको पथरीशनिश्चरे–८ सोमवारेका बृद्ध कालिचरण चौधरीको मुटुको उपचार निःशुल्क गराइदिएका छन् । विपन्न परिवारका ७२ वर्षीय चौधरीलाई नोबेल अस्पतालमा निःशुल्क उपचार गरिएको हो ।
    
स्वास्थ्यमा समस्या बढेपछि चौधरी परिवारले कालिचरणलाई नोबेल अस्पताल ल्याएका थिए । नोबेलमा परीक्षण गर्दा उनको मुटुमा ‘पेसमेकर’ राख्नुपर्ने देखियो । डाक्टरले पेसमेकर राख्नका लागि तयारी गर्न सुझाव दिए । 

तर, दयनीय आर्थिक अवस्थाको चौधरी परिवारसँग उपचारका लागि खर्च गर्ने पैसा थिएन । कालिचरणका छोरा वैदेशिक रोजगारीका लागि हालै दुबई गएका छन् । विदेश जाँदा लागेको ऋण पनि तिरिसकेका छैनन् । घर बनाउने काममा ज्यालादारी मजदुरी गरेर बुहारीले घर धान्दै आएकी छिन् । 

चौधरी परिवारसँग घर भएको १० धुर जग्गा बाहेक अन्य सम्पत्ति छैन । पैसा नभएका कारण उपचार कसरी गराउने भन्ने समस्याले उनीहरुलाई पिरोलेको थियो ।
    
डा. शर्माले चौधरी परिवारको अवस्था थाहा पाएपछि निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् । विपन्न नागरिक औषधि उपचार कोषबाट पनि उपचारमा सहुलियत प्राप्त भयो । बाँकी सम्पूर्ण उपचार खर्च डाक्टर शर्माले निःशुल्क गराइदिएका हुन् ।
    
पैसा अभावमा उपचार गर्न नसकिरहेका बेला डा.शर्माले उपचारमा सहयोग गरेको भन्दै विरामी कालिचरणकी बुहारी गुञ्जा चौधरीले खुशी व्यक्त गरिन् । ‘पैसा नभएर उपचारमा समस्या भइरहेका बेला सुनील सरले सबै उपचार खर्च निःशुल्क गरेर ठूलो गुन लगाउँनु भयो,’ चौधरीले भनिन् । 

उपचारका क्रममा करिब १ हप्ताको अस्पताल बसाईपछि चौधरी अहिले डिस्चार्ज भएर घर फर्किएका छन् । अहिले उनको स्वास्थ्य अवस्था समान्य रहेको परिवार स्रोतले जनाएको छ ।
    
डा. शर्माले यसअघि पनि गरिब तथा विपन्न हजारौं विरामीलाई निःशुल्क उपचार गराइसकेका छन् । अरुको दुःखमा साथ दिँदै आएका डा. शर्माले सडकमा भेटिने वेवारिसे बिरामीहरुलाई पनि नोबेल अस्पताल ल्याइ उपचार गराउने गरेका छन् । 

उनले कतिपय विपन्न विरामीलाई आर्थिक सहयोग पनि गरेका छन् । समाजसेवाका क्षेत्रमा बेग्लै पहिचान बनाएका डा.शर्मालाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार बनाउन सिफारिस पनि गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ