arrow

परराष्ट्रमन्त्री डा. महतसँग गौरीफन्टा नाका स्तरोन्नती गर्न माग

logo
प्रकाशित २०७३ भदौ २० सोमबार
minister-prakashsaran-mahat.jpeg
काठमाडौं। परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका क्रममा धनगढीसँग जोडिएको गौरीफन्टा नाकालाई सहज र अन्तर्राष्ट्रियस्तरको बनाउने सम्बन्धी एजेण्डा प्रथमिकताका साथ राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री डा. महतले भारत भ्रमणका एजेण्डाहरु तय गर्ने विषयमा छलफल एवम् परामर्श जारी नै रहेकोले यस विषयलाई पनि प्राथमिकतामा राख्ने जानकारी दिएका हुन्। 
 
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग नेपाल उद्योग बाणिज्य महासंघ, कैलालीको प्रतिनिधिमण्डलले सोमबार परराष्ट्र मन्त्रालय, सिंहदरबारमा भेटी गौरीफन्टा नाकासम्बन्धी एजेण्डा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा राख्न आग्रह गरेको थियो। सो प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री डा. महतले उक्त नाकालाई कसरी व्यवस्थित र अन्तर्राष्ट्रयस्तरको बनाउन सकिन्छ र नेपाललाई के कस्तो फाइदा हुन्छ भन्ने बारेमा स्थानीय उद्योगी व्यवसायीसँग सुझाव मागेका थिए। 
   
प्रतिनिधिमण्डलले उक्त नाका व्यवस्थित नहुदा सुदुरपश्चिममा आयात निर्यात व्यवसाय गर्न गाह्रो भएको र वस्तुको लागत मूल्य बढ्नगई नेपालतर्फ उपभोक्ता तथा व्यवसायीमा समेत समस्या उत्पन्न भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका क्रममा उक्त विषयलाई प्रमुख एजेन्डाका रुपमा राखिदिन आग्रह गरेको थियो। 
 
कैलालीका सांसद पुष्करनाथ ओझाको नेतृत्वमा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष शंकर बोगटी र महासचिव रुपेश स्वाँरसहितका पदाधिकारी संलग्न उक्त प्रतिनिधिमण्डलका सदस्यहरुले सो नाकालाई व्यवस्थित गरेमा नेपाली उत्पादनले भारतमा सहजै बजार पाउने र नेपालमा भारतीय पर्यटक भित्र्याउन पनि सजिलो हुने बताएका थिए। 
 
प्रतिनिधिमण्डलले सम्पूर्णानन्द पुगेर जंगलै जंगलको बाटो बाहिर निकाल्न सकिने बिकल्प प्रस्तुत गरेको र त्यस विषयमा सरकारले छलफल गरी प्राथमिकतामा राख्ने धारणा मन्त्री डा महतले राखेका थिए। हाल बन्द भएको भएपनि उक्त नाकाबाट आयात निर्यात भने भइरहेको छ। तर पनि कच्ची र साँघुरो बाटोको कारण कन्टेनरबाट ढुवानी गर्न पनि गाह्रो पर्ने भएकोले वीरगन्ज, नेपालगन्ज वा भैरहवा नाकाबाट ढुवानी गर्नुपर्ने बाध्ययता रहेको छ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ